एसीसी ईस्टर्न रिजन टी-ट्वान्टी : नेपाल र मलेसिया भिड्दै

0
459
फाइल तस्वीर

१७ फागुन, काठमाडौं । एसीसी ईस्टर्न रिजन टी-ट्वान्टी क्रिकेटको पहिलो खेलमा नेपाल र मलेसिया भिड्दैछन् ।

थाइल्याण्डको बैंककमा हुने खेल नेपाली समय अनुसार अपरान्ह १२:१५ बजे सुरु हुनेछ ।

मलेसियाविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुवातको लक्ष्यमा रहनेछ । उपाधि जित्ने लक्ष्य लिएको नेपाल मलेसियालाई हराउँदै उत्कृष्ट सुरुवात गर्न चाहन्छ ।

नेपाल प्रतियोगितामा एकदिवसीय मान्यता पाएको एक्लो राष्ट्र हो । त्यसैले नेपाललाई उपाधि दाबेदार टिम मानिएको छ ।मलेसिया पनि बलियो टिम हो । मलेसिया पनि नेपाललाई हराएर सुखद सुरुवात गर्न चाहन्छ । त्यसैले नेपालले यस प्रतियोगितामा कुनै पनि टोलीलाई कमजोर आँकेको छैन ।

हालै हङकङविरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिजमा मलेसियाले क्लिन स्विप गरेको थियो । त्यसैले नेपाललाई मलेसियाले कडा चुनौती दिने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here