कन्हैया कुमारविरुद्ध देशद्रोहीको मुद्धा दायर गर्ने अनुमति

0
514

१७ फागुन, काठमाण्डौ । भारतीय बामपन्थी नेता कन्हैया कुमारविरुद्ध मुद्धा चलाउन दिल्ली सरकारले अनुमति दिएको छ ।

आम आदमी पार्टीको दिल्ली सरकारले कन्हैयासहित १० जनालाई देशद्रोहको मुद्धा चलाउन प्रहरीलाई अनुमति दिएको हो । सन् २०१६ फेब्रुअरी ९ मा जवाहरलाल नेहरू विश्वविद्यालयमा भारत विरोधी नारा लगाएको विषय सार्वजनिक भएको थियो ।

प्रहरीले कन्हैया कुमार, उमर खालिद र अनिर्बान लगायत १० जनालाई अभियुक्त बनाएर उनीहरूमाथि देशद्रोहको मुद्दा दायर गरेको थियो ।

केही दिनअघि सर्वोच्च अदालतमा बिन्ती पत्र पनि दर्ता गरिएको थियो, जसमा दिल्ली सरकारलाई मुद्धा चलाउन दिन अदालतसँग अपिल गरिएको थियो । तर सर्वोच्च अदालतले त्यो बिन्ती पत्रलाई रद्द गरेको थियो ।

दिल्ली सरकारले देशद्रोहको मुद्दा चलाउन प्रहरीलाई अनुमति दिएलगत्तै कन्हैया कुमारले फास्ट ट्रायकबाट मुद्दाको सुनुवाई गर्न माग गरेका हुन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here