भ्रष्टाचारमा मुछिएका गच्छदार निर्दोष भन्दै कांग्रेसबाट संसद अवरुद्ध

0
632

२६ माघ, काठमाडौं ।  ललिता निवास जग्गा प्रकरणमा संलग्न भएको ठहर गर्दै अख्तियारले भ्रष्टाचार मुद्दा अघि बढाएका नेता विजय कुमार गच्छदार निर्दोष रहेको भन्दै कांग्रेसले आइतबार तेस्रो पटक पनि संसद अवरुद्ध गरेको छ ।

पार्टीका उपसभापति तथा संसदीय दलका उपनेता गच्छदारलाई सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गरेको अभियोगमा प्रतिवादी बनाइएपछि नेपाली कांग्रेसले प्रतिशोधको निहुँ बनाउँदै बैठक तेस्रो पटक अबरुद्ध गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारसहित १ सय ७५ जनालाई प्रतिवादी बनाएर बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

कांग्रेसको अवरोधका कारण बिथोलिएको प्रतिनिधि सभाको अर्को बैठक मंगलबारका लागि आह्वान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here