नेकपा केन्द्रीय कमिटी बैठकः भ्रष्टाचारीलाई मृत्युदण्डदेखि कार्यकारी राष्ट्रपतिसम्मका चर्चा

0
525

१८ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको बैठकमा कार्यकारी राष्ट्रपतिदेखि भ्रष्टाचारीलाई मृत्यु दण्ड दिनुपर्नेसम्मका चर्चा चलेका छन ।

विभिन्न १५ वटा समुहका टोली नेताहरुले नेतृत्वसामु राखेको २० मिनेटको सुझावमा यस्ता बिषय उठेका हुन् । समूह नम्बर ५ का टोली नेता ठाकुर गैरेले आफ्नो समूहमा भ्रष्टाचारीलाई मृत्युदण्डको व्यवस्था गर्न माग उठेको जनाए ।

अहिले मृतयुदण्ड दिने कानुन नभए पनि सरकारले अब साे कानुन बनाउनु पर्नेमा आवाज उठेकाे थियो ।  उनले सार्वजनिक पदमा बस्नेको सम्पत्ति छानविन गर्नुपर्ने माग कठोर रुपमा उठेको बैठकमा जानकारी दिए ।

नेकपाको जारी बैठकमा नेताहरुले शासकीय स्वरुप परिवर्तन गर्नसमेत नेताहरुले माग गरेका छन् । उनीहरुले शीर्ष नेताहरुमा शासकको शैलीको विकास हुँदै गएको भन्दै आपत्ति समेत प्रकट गरे ।

त्यस्तै निर्वाचन खर्चिलो भएकाले अहिलेको निर्वाचन प्रणालीको विकल्पबारे समेत छलफल गर्नुपर्ने मागसमेत बैठकमा उठेको छ ।

टोली नम्बर ४ का नेता जगन्नाथ खतिवडा र टोली नम्बर ज्ञद्द की नेतृ रेणु दाहालले शासकीय स्वरुप परिवर्तन गर्नुपर्ने बताएका हुन् ।

पार्टी एकतापछि नेकपाको बैठक २१ महिनापछि बसेको हो । बिधानमा बैठक ६/६ महिनामा बस्नुपर्ने प्राबधान छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here