दमक ३ को बेल्डाँगी शिबिरका बिद्यार्थिहरुलाई लागु औषध बिरुद्ध सचेतना

0
682

माघ १८/
दमक ३ स्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा रहेको पञ्चावटी एकाडेमीमा अध्ययनरत सय बढी विद्यार्थीलाई हिँजो लागुऔषध विरुद्ध जानकारीमुलक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।
दमक ३ को वडा कार्यालयले मदानी मिडिया र इलाका प्रहरी कार्यालय दमक सामुदायिक प्रहरी सेवा केन्द्रसंगको सहकार्यमा विद्यालयमा प्रशिक्षण चलाएको हो ।
दमक ३ का वडाध्यक्ष नविन बरालको अध्यक्षता र नगरपालिकाकी उपप्रमुख गीता अधिकारीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा हेप्पी नेपालका कार्यक्रम अधिकृत प्रभात वाँस्तोला र डीआइसी इञ्चार्ज जीवन नेपाली, इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक मौसम उदास र पूर्व निरिक्षक एवम सामुदायिक प्रहरी सेवा केन्द्र दमकका सचिव मोहन बोगटीले लागुऔषधका कारण मानिसको स्वास्थ्य र समुदायमा पर्ने असर, रोकथामका उपायहरु, विद्यमान कानुनी व्यवस्था लगायतका बिषयमा सहभागिहरुलाई जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here