सागको भब्य सुरुवात, राष्ट्रपतिबाट उद्घाटन

0
704

१५ मंसिर, काठमाण्डौ । १३ औं दक्षिण एसियाली खुलकुद प्रतियोगिताको आइतबार साँझ भव्य रुपमा औपचारिक उद्घाटन भएको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले १३ औं सागको उद्घाटन गरेकी हुन् । राष्ट्रपति भण्डारीले १३ औं सागको उद्घाटन भएको घोषणा गरिन् ।

सागको उद्घाटनका क्रममा नेपालको झण्डा भारोत्तलनका ओलम्पियन कमलबहादुर अधिकारीले बोकेका छन् ।अधिकारी दशैं सागका स्वर्ण पदक विजेता समेत हुन् ।

यस्तै, कीर्तिमानी खेलाडी दीपक विष्टले सागमा ओलम्पिक दीप प्रज्वलन गरेका छन् ।

समारोहलाई सम्बोधन उपप्रधानमन्त्री ईश्वर पोखरेलले  सम्बोधन गरे । नेपाल सरकारले सागलाई सफल तुल्याउन निकै प्राथमिकता दिएर पूर्वाधार निर्माणमा विशेष ध्यान दिएको उनले जानकारी दिए । उनले भने, ‘यो खेलकूद प्रतियोगिता प्रतिस्पर्धा र पदक मात्र होइन, सार्क मुलुकबीचको एकता र मित्रता पनि हो ।’

भव्य उद्घाटन समारोहमा नेपालसहित सहभागी राष्ट्रले आफ्नो देशको संस्कृति, कला र पहिचान झल्कने झाँकी समेत प्रदर्शन गरेका छन् ।

मूल आयोजक समितिका अध्यक्ष जगतबहादुर विश्वकर्र्मा, सदस्य सचिव रमेशकुमार सिलवाल र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले साग प्रतियोगिताको समग्र वस्तुस्थिति, महत्व र तयारीबारे जानकारी दिएका थिए ।

समारोहमा ७ हजार ५ सय जना कलाकारले नेपालका साथै सदस्य मुलुकको मौलिक संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका छन ।

सन् १९८४ मा स्थापना भएको सागको १३ औँ शृङ्खलासम्म आइपुग्दा नेपालले यो समेत गरी तेस्रो पटक साग खेलकुद प्रतियोगिता गरेको हो ।

सन् १९८४ मा पहिलोपटक नेपालबाट शुरु भएको सागको नेपालमा भएको यो तेस्रो संस्करण हो । सागमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, माल्दिभ्स, भूटान र श्रीलङ्काका खेलाडीले २६ खेलका विभिन्न स्पर्धामा सहभागिता जनाएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here