स्वदेश फिर्तीको माग गर्दै विश्व मानवअधिकार दिवसको दिन भुटानी शरणार्थिहरुको प्रदर्शन

0
1068

मंशिर २४
७१ औं विश्व मानव अधिकार दिवशको अवसरमा आज भूटानी शरणार्थीहरुले स–सम्मान स्वदेश फिर्तीको माग गर्दै र्याली जुलुस सहित विविध कार्याक्रम गरेका छन् । झण्डै ३ दशक देखि कष्टकर जिवन विताउँदै आएका शरणार्थीहरु मध्ये आफ्नो थातथलो फर्कन चाहाने शरणार्थीको समूहहरु मिलेर स्वदेश फिर्तीको नारा र जुलुस सहित शरणार्थी शिविर वेलडाँगीको परिक्रमा गरेका छन् ।
घर फिर्तीको अधिकार सुनिश्चित गर, मानव अधिकारको सम्मान गर जस्ता प्ले कार्ड र व्यानर सहित निस्किएको र्याली औपचारिक कार्याक्रममा गरेर समापन गरिएको छ । कार्याक्रमका प्रमुख अतिथि दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले लामो समय देखि पूर्वी नेपालमा शरणागत शरणार्थीलाई सहयोग दातृ निकायले दिँदै आएको राहत कटौती गर्न नमिल्ने बताउनु भयो । उहाँले स्वदेश फर्कन चाहाने शरणार्थीलाई संघीय सरकारले पहल कदमी गर्न आग्रह समेत गर्नु भयो ।
महिला हिंसा विदद्धको १६ दिने कार्याक्रमको समापन तथा विश्व मानव अधिकारको अवसरमा लामो समय देखि स्वदेश फिर्ने आशमा बसेका भूटानी शरणार्थीले नेपाल, भूटान र विश्वको ध्यान आकार्षण गराउन कार्याक्रम गरेको राष्ट्रिय पूनर्मिलन समिति भूटानका संयोजक कृष्ण विर तामाङले बताउनु भयो ।
लामो समय पछि स्वदेश फर्कन चाहाने समूह स्वतन्त्र जनमंच भूटान, जेष्ठ नागरिक स्वदेश फिर्ती समिति र राष्ट्रिय पूनर्मिलन समिति भूटान एक भएर कार्यक्रम गरेका हुन् । कार्यक्रममा स्वतन्त्र जनमंच भूटान र शिविर व्यवस्थापन समितिले शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च निकाय र दमक नगरपालिकालाई बाँकी रहेका शरणार्थीको गाँस, बासको सुनिश्चितता र इच्छुकलाई स्वदेश फर्काउने माग सहित ज्ञापन पत्र कार्याक्रमका सभापति शिविर सचीव कृष्ण लिङदेनले बुझाउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here