गड्तौलाको समाचार संग्रह ‘बद्लीएको गन्तब्य’ विमोचित

0
1135

शुक्रबार, मङ्सिर १३, २०७६ | नर्थ क्यारोलेना, अमेरिका
पत्रकार गोपाल गड्तौलाको समाचार संग्रह ‘बद्लीएको गन्तब्य’ अमेरिकाको नर्थ क्यारोलेनामा विमोचन भएको छ । नर्थ क्यारोलेना राज्यको क्विनसिटी शार्लटस्थित घरबारबिहिनहरुको आश्रयस्थलमा परोपकारी संस्था ‘लभ एण्ड सपोर्ट फाउण्डेसन’द्धारा आयोजित सभामा उक्त पुस्तक विमोचन गरिएको थियो । ८४ पृष्ठको पुस्तकमा भुटानी शरणार्थीको शिबिर बास, पुनर्वास र पुनर्वासपछिको अवस्था सम्बन्धी गडतौलाले नेपाल, अमेरिका र बेलायतबाट लेखेका समाचारहरु रहेका छन् ।
पुस्तक विमोचन गर्दै एकजजना प्रवुद्ध भुटानी फुर्वा तामाङ्ले भने, “पुस्तकले अभावसँग पौंठेजोरी गर्दै नेपालका शरणार्थी शिबिरमा विताएको कष्टपुर्ण दुईदशकको स्मरण गराएको छ ।” तामाङ्गले शासकिय अनाचारपछि भुटानबाट खेदिएको पनि स्मरण गरे । ७ बर्षअघि पुर्वी मोरङको शनिश्चरे शिबिरबाट अमेरिकाको पेन्सिलभेनिया पुनर्वास भएका शेर्पाले भने, “हामीले धेरै दुखपछि यहाँ अमेरिकामा बास पाएका हौं ।”

विमोचन सभामा बोल्दै पुर्व भुटानी शरणार्थी जमुना प्रधान (६७) ले भनिन्, “निस्तै आधापेट खाएर विताएका शरणार्थी शिबिरका दुखी दिनहरु भुल्न सकिँदैन ।” पस्तक विमोचन सभाका विशेष अतिथी वरिष्ठ गीतकार बुद्धविर लामाले भुटानी शरणार्थी बारे अध्ययन गर्न चाहनेका लागि गड्तौलाद्धारा लिखित पुस्तक बद्लिएको गन्तव्य सहयोगी हुने विश्वास ब्यक्त गरे । भने, “पुस्तकले भुटानी शरणार्थीको नयाँ पुस्तालाई तीनका अभिभावकहरुले भोगेको कष्टबारे बोध गराउनेछ ।”फाउण्डेसनका अध्यक्ष मनोज राईद्धारा सञ्चालित पुस्तक विमोचन समारोहको विशेष अतिथि चीनियाँ मुलका अमेरिकी ब्यापारी माइकल च्याङले अमेरीकी पर्व ‘थ्याङ्क्स गिभिङ् डे’ को अवसरमा विमोचित पुस्तक पुनर्वास भएका भुटानीको नयाँ पुस्ताको लागि उपहार भएको बताए । सो अवसरमा नर्थ क्यारोलेना हाइप्वाईन्टका सुनिल प्रधान, पत्रकार गडतौला, सञ्जिव दुलाल, नवराज सुवेदी, पदम खनाल, किरात समुदाय नर्थ क्यारोलेनाका अध्यक्ष आइत योङ्या सुब्बा, गायक किरण इजम लिम्बु लगायतले मन्तब्य ब्यक्त गरेका थिए । फाउण्डेसनले उक्त अवसरमा ३०० भन्दा बढि घरबारविहिनलाई खाना खुवाएको थियो । पत्रकार गड्तौला हिमाल खबरपत्रिकाका विशेष सम्बाददता हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here