तेस्रो देश पुनर्वास भएका नेपाली भाषी भुटानीहरुको सक्रियतामा ग्राण्ड ईन्टरनेश्नल क्रिएटिभिटि सेरमोनी हुने

0
472

मंशिर १४/
तेस्रो देश पुनर्वास भएका नेपाली भाषी भुटानीहरुको सक्रियतामा ग्राण्ड ईन्टरनेश्नल क्रिएटिभिटि सेरमोनी हुने भएको छ । आगामी डिसेम्बर महिनाको २१ देखी २३ तारिख सम्म न्युजिल्याण्डमा उक्त कार्यक्रम हुन लागेको हो । न्युजिल्याण्डको नर्थ पाल्मोर्सटनमा हुने कार्यक्रममा भुटानी नेपाली सृजना, भाषा, साहित्य, संगित र बिबिध बिधामा अन्तर्कि्रया र छलफल हुने आयोजक संस्था ग्लोवल भुटानीज लिटरेरी अर्गनाईजेसनका अध्यक्ष डेन्जोम राईले जानकारी दिनुभयो ।
कार्यक्रमलाई नेपाली साहित्यको उत्सवको रुपमा मनाउन रचना वाचन देखी प्रवासी नेपाली साहित्य र बिषेशगरी नेपाली भाषी भुटानी साहित्यको बारेमा बहस र चर्चा गरिने न्युजिल्याण्डका सम्योजक गोपाल पौडेलले बताउनुभयो । कार्यक्रममा डायस्पोरा नेपाली साहित्य, नेपाली भाषाको भुटानी साहित्य लगायतका बिषयहरुमा कार्यपत्र प्रस्तुत हुनुका साथै दिग्गज व्यक्तित्वहरुबाट टिप्पणी र धारणा राखिने तय भएको ग्लोबल पोष्ट अनलाईनका सम्पादक अर्जुन प्रधानले जानकारी दिनुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपती गंगा प्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा बरिष्ठ साहित्यकार तथा समालोचक डा. गोविन्दराज भट्टराई, भुटानी गायक प्रताप सुब्बा, विश्वदिप तिगेला, प्रोफेसर विश्वराज अधिकारी लगायतको सहभागीता रहने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here