दमकमा व्यवस्थित सार्वजनिक शौचालयको माग गर्दे यातायात मजदुरद्वारा नगरपालीकाको ध्यानाकर्षण

0
373

मंशिर ३
दमकमा व्यवस्थित सार्वजनिक शौचालयको माग गर्दे दमकका यातायात मजदुरहरुले स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन् ।
अन्तर्राष्ट्रिय शौचालय दिवसको अवसर पारेर आज नेपाल यातायात मजदुर संघ झापाले स्थानीय सरकारलाई सात वुँदे ज्ञापनपत्र बुझाउदै व्यवस्थित शौचालय व्यवस्थित वनाउन ध्यानाकर्षण गरिएको जिल्ला सचिव गौतम लामाले जानकारी दिनुभयो ।
संघको अगुवाईमा दमक नगरपालिका पुगेर नगर उपप्रमुख गीता अधिकारीलाई दमक नगर भित्र सुबिधासम्पन्न सार्वजनिक शौचालयको माग गर्दै त्यस्तो ज्ञापनपत्र बुझाईएको सचिव लामाले बताउनु भयो । संघले वुझाएको ज्ञापनपत्रमा दमकको ट्याक्सी स्टेण्ड, पश्चिम स्टेण्ड, वेलडाँगी स्टेण्ड, नाइट स्टेण्ड लगायतका पार्किङ स्थानहरुमा सार्वजनिक शौचालय हुनुपर्ने, शौचालय प्रयोग गर्न परिचयपत्रको आधारमा मजदुरहरुलाई निशुल्क गरिनुपर्ने, मापदण्ड अनुसारको चर्पी सफासुग्घर, शुद्ध खानेपानीको व्यवस्था गर्न माग गरिएको उल्लेख छ ।
नेपाल यातायात मजदुर संघ राष्ट्रिय समितिको घोषित केन्द्रीय कार्यक्रम अनुसार ज्ञापन पत्र बुझाईएको संघका जिल्ला उपाध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here