राष्ट्रपति भण्डारीलाई म्यानमारमा सम्मान गारद

0
548

३० असोज, काठमाण्डौ । म्यानमारको चारदिने राजकीय भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गारद अर्थात गार्ड अफ अनर दिइएको छ ।

म्यानमारका राष्ट्रपति विन मिन्टको निमन्त्रणामा बुधबार त्यसतर्फ जानु भएकी राष्ट्रपति भण्डारीलाई प्रेसिडेन्सियल हाउस परिसरमा म्यानमारको सेनाले सम्मान गारद (‘गार्ड अफ अनर’) अर्पण गरेको  हो । लगत्तै राष्ट्रपति भण्डारी र समकक्षी विनबीच बिहीबार नै प्रेसिडेन्सियल हाउसमा भेटवार्ता भएको छ ।

यस्तै, म्यानमारका स्टेट काउन्सिलर आङ सान सुचीको उपस्थितिमा बिहीबार दुईपक्षीय वार्ता भई पर्यटन र संस्कृतिका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । म्यानमारको राजधानी नेपितस्थित प्रेसिडेन्सियल हाउसमा भएको वार्तापछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यानमार सरकारका अन्तर्राष्ट्रिय सहयोगमन्त्री क्य तीनबीच ती दुई समझदारीपत्रमा हस्ताक्षर भई आदानप्रदान भएको हो।राष्ट्रपति भण्डारीको भ्रमण टोलीमा परराष्ट्रमन्त्री ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीलगायत छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here