दमकमा पछिल्लो समय सुरक्षा अवस्था कमजोर बन्दै , मोवायल चोर देखी ग्याङ फाईट र मृत्यु सम्मका घटना हुँदा पनि यसको नियन्त्रणमा प्रहरी निरिह

0
733

साउन १७/
दमकमा पछिल्लो समय सुरक्षा अवस्था कमजोर बन्दै गएको छ । घर बाहिर राखेका सामानहरुको चोरी हुने देखी युवाहरुको ग्याङ फाईटमा ज्यान जाने सम्मका घटनाले दमकको सुरक्षा व्यवस्था कमजोर भएको देखाएको हो । गत साउन ८ गते बुधबार दमक वडा नम्बर १ मा युवाहरु विच ग्याङ फाईट हुँदा दमक १ का १८ बर्षिय बिक्रम लिम्बुको ज्यान गयो । अघिल्लो दिन देखीनै युवाहरु विच बिबाद भैरहेको र त्यसै दिन पनि युवाहरु समुहमा भेला भएर बिहानै देखी ग्याङ फाईटको तयारी गरिरहँदा समेत प्रहरी नायव उपरिक्षकको कमाण्डमा रहेको ईलाका प्रहरी कार्यालय दमकले सो घटनाको सुईंको सम्म पाउन सकेन । युवाहरु विच झगडा भएर एकजनाको ज्यान गएपछि मात्रै प्रहरी सो ठाउँमा पुगेको थियो ।
त्यसैगरी सोहि घटना हुनु भन्दा दुई दिन अघि मात्रै दमक नमुना बजार भित्र रहेको स्याडोज रेष्टुरेन्ट एण्ड बारमा युवाहरु विच मध्यरातमा झगडा भयो । युवाहरुको झगडाले सो ठाउँ केहिबेर रणमैदानमा परिणत भयो । विच बजारमा सन्चालीत रेष्टुरेन्टमा दैनिक जसो युवाहरु विच मदिरा सेवन गरेर झगडा हुने गरेको स्थानियले बताएका छन् । सोहि ठाउँमा सञ्चालीत अर्को रेष्टुरेन्टमा पनि युवाहरु विच दैनिक झगडा हुने गरेको स्थानियले बताएका छन् । सो ठाउँमा सन्चालीत रेष्टुरेन्टमा दैनिक युवाहरुको झगडा हुने र हो हल्ला बढ्न थालेपछि स्थनियको एक समुहले ईलाका प्रहरी कार्यालयमा जानकारी गराउँदा दमक प्रहरी प्रमुख श्यामल सुब्बाले सहर बजारमा राति राति हल्ला हुनु सामान्य भएको भन्दै एकान्त र सुनसान खोज्ने भए गाउँमा बस्नु भनेको स्थानिय एक युवाले बताए ।
त्यसैगरी गत बुधबार बेलुका ९ः३० बजे तिर दमक १ मा मामाचौकमा रहेको एनसेलको टावर नजिकै अज्ञात समुहले बिष्फोट गरायो । रातको समयमा बिष्फोट हुँदा दुई किलोमिटर वर पर सम्म आवाज आएको थियो । तर सो घटनाको बिषयमा जिल्ला प्रहरी कार्यालयले एनसेल टावरमा आक्रमणको प्रयास भएको बताए पनि ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक सुब्बाले भने घटनै केहि नभएको बताउनु भयो ।
झण्डै १५÷२० दिन अघि पनि ईलाका प्रहरी कार्यालय संगै जोडिएको दक्षिणपट्टिको घरमा दिउँसै चोरी भयो, यसका साथै दमकमा राति राति घर घरमा पसेर मोवायल चोर्ने देखी लिएर भर भित्र राखिएका साईकल लगायतका सामाग्रिहरु हराउने घटना दिनदिनै भैरहेको दमक ५ हरिओम कोलोनि निवासी लोक गायक लक्ष्मि प्रसाद खनालले बताउनु भयो ।
चोरी र लुटपाटका घटना दमकमा दिनदिनै बढ्न थालेपछि नागरिकहरु ढुक्क संग रातभरी सुत्न समेत नपाएको दमकका सामाजिक अगुवा पर्शुराम रिजालले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here