अफगानिस्तानमा विस्फोट ३४ को मृत्यु

0
569

साउन १५, काठमाण्डौ। अफगानिस्तानको पश्चिमी भेगमा रहेको फराह प्रान्तको एक राष्ट्रिय राजमार्गमा बेवारिसे अवस्थामा छाडिएको शक्तिशाली बममा एक यात्रीवाहक बसले ठक्कर दिँदा भएको विस्फोटमा कम्तीमा ३४ जनाको मृत्यु भएको छ ।

बुधबार बिहान करिब ६ बजे भएको सो दुर्घटनामा ज्यान गुमाउनेहरुमा अधिकांश महिला र बालबालिका रहेका स्थानीय प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

घाइतेहरुलाई छिमेकमा रहेको हेरात प्रान्तमा उपचारको लागि पठाइएको बताइएको छ ।

घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको संख्या पनि बढ्ने अनुमान गरिएको छ ।

यस बम अफगानिस्तानको विद्रोही समूह तालिबानले विस्फोट गराएको अनुमान गरिएको छ ।

संयुक्त राष्ट्रसंघले मंगलबारमात्र अफगानिस्तानमा द्वन्द्वको चपेटामा परेर सर्वसाधारण बढी मारिएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

तालिबान लडाकू समूह सुरक्षाबललाई लक्षित गरी विस्फोटक पदार्थ, सडक किनारको बम र बारुदी सुरुङ आक्रमण गर्दै आएका छन् ।तर, तालिबान लडाकू समूहले तयार पारेका घातक घरेलु हातहतियारले पनि सर्वसाधारण जनतालाई हानि पुर्‍याउँदै आएको छ । अफगानिस्तानमा जारी द्वन्द्वमा ६ महिनामा नै एक हजार ३ सय ६६ जना सर्वसाधारणको मृत्यु भएको छ । दुई हजार ४ सय ४६ जना घाइते भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here