योगेश भट्टराईः सांसद भएको डेढ बर्षमै मन्त्री बन्ने भाग्यमानी

0
572

१५ साउन, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका  स्थायी समिति सदस्य योगेश भट्टराई सांसद भएको डेढ बर्षमै मन्त्री हुने भाग्यमानी नेतामा दर्ज भएका छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्दै उनलाई बुधबार  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको रुपमा नियुक्त गरेका छन । गत फागुनमा उनकै समकालिन नेता रविन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि खाली भएको मन्त्रलयमा प्रधामन्त्री ओलीले योगेश भट्टराईलाई नियुक्त गरेका हुन्।

भट्टराईले बुधबार अपराह्न ४ बजे राष्ट्रपति कार्यालयमा सपथ लिएका छन । उनले पर्यटन मन्त्रालयमा मिल्ने साथिको निधनभएपछि त्यहाँ जाने ईच्छा नभएको बताउँदै आएका थिए। संचार मन्त्रालयप्रति भट्टराईको आकर्षण भएपनि ओलिका विश्वास पात्र गोकुल बास्कोटा त्यहाँ रहेकाले ‌ओलीले ढकालालाई पर्यटनमै पठाएका हुन्।

०३७ सालदेखि विद्यार्थी राजनीतिमा लागेका भट्टराई तत्कालिन एमालेको बिद्यार्थी संगठन अनेरास्ववियुको दुई पटक अध्यक्ष भएका थिए । ०६४ र ०७० को संविधानसभा निर्वाचनमा काठमाडौं ६ बाट पराजित भएका भट्टराई ०७४ को चुनावमा भने आफ्नै जन्मस्थल ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यका लागि विजयी भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here