गुठी बिधेयक परिमार्जन गर्ने सरकारको संकेत

0
804

१ असार, काठमाण्डौ । गुठी विधेयकलाई लिएर आन्दोलन चर्किएपछि सरकारले त्यसलाई सच्याउने संकेत दिएको छ । साताब्यापी युरोप भ्रमण सकेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पत्रकारहरुसँग कुराकानी गर्दै भूलवस केही गल्ती भए गुठी सम्बन्धी विधेयकमा सच्याउने जनाएका हुन ।

प्रधानमन्त्री ओलीले विधेयकका विषयमा विरोध र आन्दोलन गर्न खोज्नेले अवसर नपाउने समेत चेतावनी दिए । ‘गुठीको नाममा कतिपय ठाउँमा शोषण भएको अवस्था पनि छ । त्यस्ता कुरालाई सम्बोधन गर्न खोजिएको हो सबैतिर हैन । सांस्कृतिक रुपमा जोडिएका गुठीको कुरा बेग्लै हो,’ ओलीको भनाई छ ।

गरिबमाथि दमन : प्रम ओली

कतिपय ठाउँमा गुठीका नाममा जनता माथि, गरिबहरु माथि शोषण भइरहेको छ  । जमिन सबै कुरा एकै ठाउँ ‘टकासार भाजि टकासार खाजा’ भन्छ हिन्दीमा ।  त्यो हुँदैन । बैली, बहल, धार्मिक गुठी, यहाँका यस्ता ऐतिहासिक गुठीहरु, हाम्रा संस्कृतिसँग, साँस्कृतिक परम्परासँग र यस्ता परोक्ष ढंगका साँस्कृतिक धरोहरसँग जोडिएका गुठीहरुको कुरा बेग्लै हो । यदि यस विधयकले कही कतै त्यस प्रकारका गुठीहरुमा कतै केही धक्का परेको रहेछ भने त्यसमा सरकारले विचार गर्छ ।  अब केही मानिसहरुले खुबै मौका पायौँ भन्ठानेको होला । कुनै चान्स आउने वाला छैन । चान्स छैन । किन भने यो सरकार जनताका लागि, जनताले भने अनुसार काम गर्छ । जनताको हितमा काम गर्छ र यो हाम्रा परम्परा, हाम्रा संस्कृति, हाम्रा ऐतिहासिक धरोहरहरु, हाम्रा पुरातात्विक महत्वका धरोहरहरु, पुरातात्विक महत्वका धरोहर भन्दा घर मात्रै बुझिदैन । घरसँग जोडिएका हाम्रा संस्कृति बुझिन्छ । मच्छेन्द्रनाथको रथ यात्रा आफैमा एउटा धरोहर हो । इन्द्रजात्रा आफैमा एउटा धरोहर हो । कुमारी जात्रा आफैमा एउटा धरोहर हो । त्यस कारण भवन, घर, कुदिएको कला मात्रै होइन । साँस्कृतिक कला जो झन राम्ररी कुदिएको छ । त्यो पनि हो । त्यस कारण यसमा कुनै भ्रम राख्नु पर्ने आवश्यकता म देख्दिन ।  अब म आइसक्या छु । यो सबै कुरा हामी हेरेर कुनै पनि हाम्रो साँस्कृतिक धरोहर, ऐतिहासिक धरोहर, परम्परा, चाडवाड रीतितिथिसँग कुनै कुराले कही नेरी अलिकति पनि प्रतिकुल असर वा घच्चा जानेर वा नजानेर पारेको रहेछ भने त्यसलाई त सरकारले सच्याइहाल्छ । यो सरकार बनेको जनताको मन दुखाउन होइन । यो सरकार बनेको जनताको मन हसाँउन हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here