भोलि ड्रुक टिम छनौट, साथै खेलाडीहरूको श्रेणीकरण हुदै

0
732

मार्च ३०, पिट्सबर्ग | ड्रुक अमेरिकन शिटो-र्यु कराटे डो, पिट्सबर्ग साखाले पिट्सबर्गमा भोलि कराटे खेलाडीहरूको विशेष तालिम, ड्रुक टिम छनौट, साथै खेलाडीहरूको श्रेणीकरण गर्ने भएको छ |

“अमेरिकन भूटानीहरूलाई मात्रै नभएर अन्य समुदाय समेतलाई लक्षित गरि स्थानीयस्तर, रास्ट्रीय हुदै अन्तर्राष्ट्रिय, ओलम्पिकसम्म खेलाडीहरुलाई पुर्याउने ठूलो उदेश्य राखेर ‘ड्रुक अमेरिकन शिटो-र्यु कराटे डो’ अघी बड्ने र यसै उदेश्य प्राप्तिको लागि एक किसिमको अभ्यास र पद्धति निर्माणको सिलसिला हो भोलि हुने कार्यक्रम”- भनेर बरिष्ट कराटे प्रशिक्षक, पिट्सबर्ग साखा अध्यक्ष श्री टि.आर. राईले हामीलाई बताउनुभयो |

हिजो डेढ़ दुई दशकको हाराहारीमा नेपाल भुमीमा शरणार्थी जीवन व्यतित गरिरहदा अत्यन्तै कुशल र सक्षम खेलाडी हुदा हुदै पनि रास्ट्रीय-अन्तर्राष्ट्रियस्तरका कुनै पनि खेल खेल्नुबाट बन्चित हुनु परेको तितो यथार्थ भोगेका आजक अमेरिकन भूटानीहरू प्राप्त अवसरहरूलाई सक्दो उपभोग गर्दै प्रगतिको बाटो तर्फ लागेका छन् | आफ्नै पुर्खाको को देशमा शरणमा हुदा पनि नेपाली भाषी भूटानीले नागरिकता नहुनुको कारण अन्तर्राष्ट्रिय खेलहरू खेल्ने ठूल-ठूलो अवसरहरू गुमाएका छन् | आज उनीहरुले देश पाएका छन् र पाएका छन् अवसरहरू | यसैको एउटा मुर्त  रूप हो भोलि हुने कार्यक्रम |

अमेरिकाको विभिन्न राज्यहरू जस्तै नोर्थ केरोलिना, ओहिओ, जर्जिया, वार्मोंट, तेन्नेस्सी, नियु योर्क, वासिंगटन डी.सी, सिकागो लगायतका राज्यहरू साथै क्यनाडाबाट खेलाडीहरू सहभागी हुने भएका छन् |

८ औँ दान(8th Dan) प्राप्त सेनसेई डा. रवि रघवन विशेष प्रशिक्षकको रुपमा विशेष निम्तोलाई स्वीकारेर कार्यक्रमको लागि आइसकनु भएको जानकारी पनि प्राप्त भएको छ |

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here