दातृ निकायले भूटानी शरणार्थीलाई छाड्न खोजिरहेको छः मन्त्री आङ्बो

मन्त्री आङ्बोलाई शरणार्थीको ज्ञापन पत्र चाँडो शरणार्थी समस्या समाधान गर्न माग

0
1712

मन्त्री आङ्बोलाई शरणार्थीको ज्ञापन पत्र, चाँडो शरणार्थी समस्या समाधान गर्न माग

चैत्र, १७/डिकेश लामा 
दमक/ भूटानी शरणार्थीहरुको एक टोलीले आज प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोलाई शरणार्थी समस्या समाधान गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका छन् ।

झापाको दमक आउनु भएका मन्त्री आड्बोलाई भूटानी शरणार्थी शिविर वेलडाँगीका शिविर सचीव टिकाराम रसाइलीले ५ बूँदे ज्ञापन पत्र बुझाउनु भएको हो । दमक रवि चिसापानी सडकको अवोलकन गर्न आउनु भएका मन्त्रीलाई दमकमा रहेको स्थानीय नागरिकसँगको भेटघाट कार्यक्रममा ज्ञापन पत्र बुझाइएको छ । कार्यक्रममा शरणार्थीको विषयमा प्रधानमन्त्री नै जानकार रहेको र चाँडै नै यस विषयलाई केन्द्रमा छलफल गरी शरणार्थीहरुको समस्या समाधानका मार्ग खोजिने मन्त्री आङ्वोले बताउनु भयो । मन्त्री आङ्बोले नेपाली भाषी भूटानी शरणार्थीलाई सकेसम्म स्वदेश फिर्ती गराउने पक्षमा जोड दिने समेत बताउनु भयो । मन्त्री आङ्बोले शरणार्थीलाई रेखदेश गर्दै आएको दातृ निकाय पनि पछिल्लो समय भूटानी शरणार्थीलाई छाड्ने तयारी गर्दै आएको बुझिएको समेत बताउनु भयो । आङ्बोले दातृ निकायका केही कार्यक्रममा जानेक्रममा दातृ निकायले कसो गरेर हुन्छ भूटानी शरणार्थीहरुको मुद्धा अन्त्य गरेर छाड्न खोजिरहेको बताउनु भयो । लामो समय पछि बनेको स्थीर सरकारले शरणार्थीको विषयमा अब उपयुक्त निकास निकाल्ने मन्त्री आङ्बोले शरणार्थीको टोलीलाई आश्वासन समेत दिनु भयो ।
यता शिविर सचीव टिकाराम रसाइलीले हाल शिविरमा बाँकी रहेका साढे सात हजार शरणार्थी मध्ये स्वदेश फर्कने, अझै तेस्रो मुलुक जान चाहाने, स्थानीयकरण गर्ने, अन्तराष्ट्रियकरण गर्ने र दर्ता नभएका शरणार्थीको समस्याबारे नेपाल सरकारले सरोकारवाला निकायसँग समन्वय गरी चाँडो निकास दिलाउन आग्रह गर्नु भयो ।
२६ बर्ष देखि राजनैतिक पीडितका रुपमा नेपाली भाषी भूटानीहरु नेपालमा शरणागत अवस्थामा रहँदै आएकोले यो समस्या चाँडै नै समाधान गर्नु पर्ने पछिल्लो समय शरणार्थीहरुका विभिन्न समूहहरुले बताउँदै आएका छन् । यसबारे शिविर व्यवस्थापन समिति चाँडै नै नेपाल सरकारको उच्च निकायसमक्ष समस्या समाधानमा तिव्रता दिन आग्रह गर्ने समेत बताइएको छ ।

See live video story by Dikesh lama

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here