गजल

0
1734
गजलकार – ईस्वर ढकाल

पाखाहरुमा लालीगुरॉस फुल्न छाड्यो किन
भन्ज्यगमा मृग शावक डुल्न छाड्यो किन  

असान्तिले छायो संसार वन्दुकको आवाज
मध्ये दिउसो चमेरा झुल्न छाड्यो किन  

वारुजको पोको छ कलमी हातहरुमा
संसारबाट बाल अधिकार खुल्न छाड्यो किन  

मारामार जताततै रक्ताम्मे छ संसार
भाइचाराको सम्बन्ध घुल्न छाड्यो किन  

गुडन हुन्छ दिनैपिछे अपराधीहरुको
कानुनले सकेन लशुल्न अपराधी किन ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here