स्थानिय सरकारले उत्खनन रोक्न दिएको निर्देश विपरित मावा र रतुवा खोलाको दोहन हुँदै , कारबाहीको स्पष्टता नहुँदा नियन्त्रण गर्न कठिनाई भएको प्रहरीको भनाई

0
787

जेठ २६/
झापाका बिभिन्न खोलामा भैरहेको उत्खनन् रोक्न स्थानिय सरकारले दिएको निर्देशन समेत अटेर गरी ठेकेदारहरुले लार्पावाहीरुपमा उत्खनन् गरिरहेको पाईएको छ । स्थानीय तहले नापजाँच गर्दा धेरै उत्खनन् भेटिएकोले रोक्न दिएको निर्देशन पालना नगरी ठेकेदारले उत्खनन् गरिरहेका हुन् ।
झापाको मावा र रतुवा खोलामा लगाएको ठेक्का रोक्न दिएको निर्देशन नटेरी ठेकेदारले लापार्वाहीरुप्मा उत्खनन् गरिरहेका छन् ।
दमक नगर पालिकाले छानविन गर्दा १ महिना अघि नै मावा र रतुवा खोलाबाट तोकिएको भन्दा २८ हजार घनमिटर बढी खोलाजन्य सामाग्री निकालिएको छ । नगरको वैठकले ठेकेदारलाई उत्खनन् रोक्न पत्र दिएको भए पनि उत्खनन् भईरहेको दमक नगरपालिकाका वातावरण शाखा अधिकृत ज्ञानेन्द्र चौधरीले बताउनु भयो ।
उत्खनन् रोक्न दिएको निर्देशन पालना गर्नुको सट्टा ठेकदारले अझ पुल निर्माण क्षेत्र नजिकै उत्खनन् गर्दै आएको पाइएको छ । नदिजन्य सामाग्री निकालेर डम्पिङ्ग गर्न थालिएको छ । अति गहिरो उत्खननका कारण खोला नजिक रहेका धारा तथा ट्यूवेल सुक्न थालेको स्थानिय कर्णबहादुर दर्जी ले बताउनु भयो ।
स्थानीय तहबाट उत्खनन् गर्नेलाई के गर्ने भन्ने स्पष्टता नभएकोले प्रहरीले कार्वाही गर्न समस्या भएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाले बताउनु भयो ।
झापाका ९ वटा खोला तथा नदिमा यस बर्ष गत बर्षको तुलनामा झण्डै दोब्बर क्षेत्र उत्खनन् भएको छ । जसका कारण नदि तथा खोला क्षेत्रका सिंचाई, खानेपानी र मानव बस्ती जोखिममा पर्न थालेको छ । रोक्ने निर्देशन ठेकदारले नटेर्नु भनेको सरोकारवाला निकायका कम्जोरी रहेको खोला प्रभावित क्षेत्रका बासिन्दाहरुको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here