दमक नगरपालिका वडा नं ५ को आयोजनामा कौशी खेती सम्बन्धि तालीम सुरु

0
865

जेठ २४/
दमक नगरपालिका वडा नं ५ को आयोजनामा कौशी खेती सम्बन्धि तालीम आज बाट सुरु भएको छ । भोली सम्म सञ्चालन हुने तालिमको आज एक कार्यक्रमका विच वडाध्यक्ष ईन्द्र गुरुङले उद्घाटन गर्नु भयो । वडा भित्रका ५५ जना सहभागी तालिमको उद्घाटन कार्यक्रममा वडा सदस्य कृतिका भट्टराईले स्वागत मन्तव्य राख्नु भएको थियो ।
तिब्र शहरी करणका कारण खेती गर्ने जमिन नहुँदा शब्जि किनेर खानु पर्ने बाध्यतालाई अन्त्य गर्न शहरी क्षेत्रका घरको कौशीमै विभिन्न किसिमका तरकारी खेती लगाउन प्रेरित गर्ने उदेश्यले तालिमको आयोजना गरिएको वडा सदस्य शरु परियारले जानकारी दिनुभयो । तालिममा दमक नगरपालिकाका वातावरण शाखा प्रमुख प्रकाश चौधरी र कृषि सम्बन्धीको क्षेत्रीय अनुसन्धान कार्यालय तरहराका कृषि विद मनिष कुमार ठाकुरले सहजीकरण गरिरहनु भएको छ ।
दुई दिने सो तालिमका क्रममा सहभागीहरुलाई भोली धरान र इटहरीमा रहेको कौशी खेतीको अवलोकन भ्रमण समेत गराउने कार्यक्रम रहेको वडा सदस्य परियारले जानकारी दिनु भयो । तालिममा सहभागीहरुलाई कौशी खेती गर्न आवश्यक माटो, ट्रे र विभिन्न जातका तरकारीको बीउ समेत प्रदान गरिने उहाँले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here