दमक नगर स्तरिय अन्तरमावि हाजिरिजवाफ प्रतियोगितामा दमक २ को हिमालय माध्यमिक बिद्यालय प्रथम

0
610

जेठ २४/
दमक नगर स्तरिय अन्तरमावि हाजिरिजवाफ प्रतियोगितामा दमक २ को हिमालय माध्यमिक बिद्यालय प्रथम भएको छ । वडा नम्बर ८ मा रहेको बाल सञ्जालको आयोजनामा आज सम्पन्न प्रतियोगितामा दमक ४ स्थित बिद्यालक्ष्मि अंग्रेजी स्कुल दोस्रो भएको हो भने दमक ९ को शरस्वती माध्यमिक बिद्यालय तेस्रो भएको छ । दमक भित्र रहेका २५ वटा सामुदायीक तथा संस्थागत माध्यमिक बिद्यालयहरु सहभागी प्रतियोगिता सञ्चालन गर्न वडा कार्यालयले सहयोग गरेको वडा नम्बर ८ का वडा सचिव निधिनारायण ढुंगेलले जानकारी दिनुभयो । बिजेता विद्यालयलाई कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालीकाका प्रमुख रोमनाथ ओलीले पुरस्कार बितरण गर्नु भएको थियो ।
बिजेता टिममा सहभागी बिद्यार्थिहरुलाई स्कुल व्याग सहित मेडल र ट्रफि वितरण गरिएको वडा सचिव ढुंगेलले बताउनु भयो । हाजिरि जवाफ कार्यक्रम सञ्चालनको लागी गौरादह स्थित मोति माविका शिक्षक राम मिश्र, तिलक दास लिम्सिना र चुडामणी मिश्रले प्राबिधिक सहयोग गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here