२३ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा अष्ट्रेलियाले लगातार दोस्रो जित निकालेको छ । नोटिंगाममा भएको खेलमा पहिले टस जितेर अष्ट्रेलियालाइ व्याटिङको निम्तो दिएको वेष्ट इण्डिज १५ रनले पराजित भयो । अष्ट्रेलियाले दिएको २ सय ८९ रनको मध्यम स्कोर पच्याएको वेष्ट इण्डिज पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा मात्र २ सय ७३ रनमा समेटियो । उसका लागि साही होपले ६८, निकोलस पुरनले ४० र जसन होल्डरले ५१ रनको योगदान गरे । अन्य ब्याट्स्म्यानले त्यति गतिलो प्रदर्शन गर्न नसक्दा अष्ट्रेलिया पराजित भएको हो । उसलाई २ सय ७३ रनमा समेट्न क्रममा अष्ट्रेलियाका मिचेल स्टार्कले ५ विकेट लिए । यस्तै पट क्विमिन्सले २ विकेटले । यसअघि टस हारेर ब्याटिङ गरेको अष्ट्रेलियाले पूर्वकप्तान स्टिभ स्मितको ७३ तथा कटलर नाइलको ९२ रनको मद्दतमा २ सय ८८ रन बनाएको थियो । ३० दशमलव ४ ओभरमा ६ विकेट गुमाएर १ सय ४७ रन बनाउँदै धरमराएको अष्ट्रलियन पारीलाई स्मिथ र नाइलले उकासेका थिए ।
ताजा पोष्ट
अन्तर्राष्ट्रिय नेपाली गीतकार संघद्वारा ‘साहित्यिक तथा सांगीतिक संवाद’ ह्यारिस्बर्गमा सम्पन्न
@अर्जुन प्रधान / ह्यारिस्बर्ग, पेनसिल्भेनिया
अमेरिकाको पेनसिल्भेनिया राज्यस्थित ह्यारिस्बर्ग शहरमा जुलाई १२, २०२५ का दिन अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ...
तीज पर्वमा अश्लील गीतको विरोधमा गीतकार संघको चेतावनी
@अर्जुन प्रधान/अमेरिका — नेपाली हिन्दु महिलाहरूको महान पर्व तीज नजिकिँदै गर्दा मौलिक संस्कृतिमा आधारित गीत-संगीत सार्वजनिक हुने क्रम बढेको छ। तर, केही...
“एटीए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५ अब नोभेम्बर १५ मा, अमेरिकाको बोल्डरमा हुने”
@अर्जुन प्रधान /अमेरिका – अन्तर्राष्ट्रियस्तरमा नेपाली फिल्मको प्रतिष्ठानको रूपमा स्थापित ८औँ एटीए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५ को मिति परिवर्तन गरिएको...