दमक वडा नम्बर ६ को आयोजनामा आज भएको निशुल्क स्वास्थ्य शिबिरमा २ सय ९८ जनाले स्वास्थ्य परिक्षण गराए

0
820

जेठ २३/
दमक वडा नम्बर ६ को आयोजनामा आज भएको निशुल्क स्वास्थ्य शिबिरमा २ सय ९८ जनाले स्वास्थ्य परिक्षण गराएका छन् । वडा भित्रका नागरिकहरुलाई लक्षित गरि आँखा र महिला रोग संग सम्बन्धि निशुल्क स्वास्थ्य परिक्षण शिबिर राखिएको वडा सदस्य लक्षिप्रसाद दाहालले जानकारी दिनुभयो । आँखा शिबिरमा २ सय ७ जनाले परिक्षण गराएका हुन भने ९१ जना महिलाले स्त्री रोग बिषेशज्ञ संग स्वास्थ्य जाँच गराएका छन् ।
मेचि आँखा अस्पताल बिर्तामोड र दमकको पाथिभरा नेत्रालयको प्राबिधिक सहयोगमा भएको आँखा जाँचमा ८ जनाको आँखामा मोतिया बिन्दुको समस्या देखिएकोले अप्रेसन गराउन मेचि आँखा अस्पताल रेफर गरिएको वडा सदस्य दाहालले जानकारी दिनुभयो । अप्रेसन पनि निशुल्क हुने उहाँले बताउनु भयो । त्यसैगरी ओम मेचि अस्पताल दमकका डाक्टर निरञ्जनसिंह बोगटी र आम्दा अस्पतालको स्त्री रोग बिषेशज्ञ डाक्टर राजु शाहले गरेको जाँचमा २० जना महिलाको जटिल प्रकारको समस्या देखिएको छ । अन्यको भने सामान्य समस्या देखिएको वडा सदस्य दाहालले बताउनु भयो । वडा भित्रका महिलाहरुको समुहले संयोजन गरेको स्वास्थ्य शिबिरको दमक नगर उप प्रमुख गिता अधिकारीले उद्घाटन गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here