दमकका ग्रामीण भेगका बासिन्दाहरुमा पनि मधुमेह रोग वढ्दै , रोग लाग्न नदिन सावधानी अपनाउन जरुरी भएको चिकित्कसहरुको भनाई

0
503

जेठ २३/
दमकका ग्रामीण भेगका बासिन्दाहरुमा मधुमेह रोग वढ्दै गएको पाईएको छ । शहरी क्षेत्रका हाराहारीमा ग्रामीण क्षेत्रका बासिन्दाहरुमा समेत मधुमेह रोगको संक्रमण बढ्दै गएको पाईएको दमकमा गरिएको एक अध्ययनले देखाएको छ ।
लायन्स क्लव अफ दमक इष्र्टनलाइन र लायन्स क्लव अफ दमक ग्रिनसिटीले हालै गरेको मधुमेह रोगीको जाँच पड्तालको एक सय दिने अध्ययनको सर्वेक्षणले दमकका ग्रामीण भेगका बासिन्दाहरुमा समेत मधुमेध रोगको अवस्था बढ्दै गएको पाईएको लायन्स क्लव अफ दमक इष्र्टनलाइनका अध्यक्ष बिमल शर्माले जानकारी दिनुभयो ।
सर्वेक्षणमा संलग्न स्वास्थ्य सहायक समेत रहेका लायन्स क्लव अफ दमक ग्रिनसिटीका सेकेण्ड भाइस प्रिसीडेन्ट कुवेर भट्टराईका अनुसार एक सय दिने निशुल्क मधुमेह जाँच परिक्षणको प्रांरिम्भक अध्ययनले शहरी संगै ग्रामीण भेगका बासिन्दामा समेत मधुमेह वढ्दै गएको पाईएको हो ।
गत मंसीर ७ गतेदेखि चैत १८ गतेसम्म दमकको ग्रामीण क्षेत्र मानिने वडा नम्बर ३, १० संगै दमक ५ र ७ का २ हजार ३९ जनाको रगत परिक्षण गर्दा पूराना ६१२ र नयाँ ४२ जनामा यो रोगी भेटिएको उहाँले बताउनु भयो । नगरका ग्रामीण भेगका बासिन्दाहरुमा समेत मधुमेह रोग फैलिदै गएको पाईएकाले राग लाग्न नदिन सावधानी अपनाउन जरुरी भईसकेको भट्टराईले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here