मोरङ बिराटनगरका एक दम्पत्तीले संस्कृत गुरुकुल सञ्चालनका लागि एक करोड रुपैयाँ भन्दा बढिको भवन निर्माण

0
787

जेठ २२/
मोरङ बिराटनगरका एक दम्पत्तीले संस्कृत गुरुकुल सञ्चालनका लागि एक करोड रुपैयाँ भन्दा बढिको भवन निर्माण गरिदिएका छन् ।
झापा कमल गाउँपालीका वडा नम्बर ६ पाडाजुङ्गी स्थित गुरागाँई वंश उत्थान समाज कल्याण प्रतिष्ठान हातामा प्रतिष्ठानका पूर्व अध्यक्ष समेत रहेका डिल्लीराम गुरागाँई र श्रीमती कमला गुरागाँईले सो भवन निर्माण गरि दिनु भएको हो । १ करोड २५ लाख रुपैयाँको लागतमा १६ कोठा, सभाकक्ष, शौचालय सहितको तीन तले भवन निर्माण पूरा भएको आज पत्रकार भेटघाट गरि जानकारी गराईएको हो । बिगतमा समेत बिभिन्न सामाजीक कार्य गर्दै आएको र पूर्वीय दर्शन तथा संस्कृतिको संरक्षणका लागि गुरुकुल सञ्चालन गर्न भवन बनाई दिएको निर्माणकर्ता गुरागाँईले बताउनु भयो । सो भवनमा अब गुरुकुल निर्माणको प्रकृया थालिने प्रतिष्ठानका उपाध्यक्ष चुडामणि गुरागाँईले जानकारी दिनुभयो । भवनमा ३० जना सम्म बटुकहरुलाई आवशीय सुविधा सहितको निशुल्क गुरुकुल शिक्षा प्रदान गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । यस्तै प्रतिष्ठान हाता भित्र अर्को ज्येष्ठ नागरिक भवन, बिभिन्न मन्दिर, प्रवेशद्वार समेत दाता बन्धुहरुले निर्माण गरिएको प्रतिष्ठानका सचिव गोपाल गुरागाँईले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here