दमकको राधा माधव सेवा समितिको बिबाद मिलाउन वडाध्यक्ष पशुपति राज गौतमको अध्यक्षतामा समिति गठन

0
531

जेठ २२/
दमकको राधा माधव सेवा समितिको बिबाद मिलाउन वडाध्यक्ष पशुपति राज गौतमका अध्यक्षतामा ९ सदस्सीय समिति गठन गरिएको छ । आज नगरपालीकामा भएको छलफल पछि बिबाद समाधानको लागी सुझाव दिन भन्दै समिति गठन गरिएको छ । नगर प्रमुख रोमनाथ ओली र उप प्रमुख गिता अधिकारीको उपस्थितिमा आज नगरपालीकामा बसेको छलफलले दमकको प्रतिष्ठत संस्थामा भएको बिबाद अध्ययन गरी समाधानको लागी सुझाव दिन १५ दिनको समय तोकी समिति गठन गरिएको हो । समितिका सदस्यहरुमा नगरपालीकाका कानुन अधिक्रित माधव बस्नेत र न्ययीक समिति सदस्य कमल श्रेष्ठ सदस्य रहनु भएकोछ । त्यसैगरी बिबादित दुवै पक्षको तर्फ बाट तिन/तिन जना रोहित आचार्य, कांकी खाती र भगवान बस्नेत साथै मान बहादुर बुढाथोकी, लोकनाथ पोखरेल र लक्ष्मण श्रेष्ठ रहेको समिति गठन गरिएको हो ।
समितिले राधा माधव समितिको बिबादलाई अध्ययन गरी समस्या समाधानको विकल्प सहित १५ दिन भित्र नगरपालीकामा प्रतिवेद पेश गर्ने समय दिईएको छ । राधा माधव समिति दमककै प्रतिष्ठत संस्था भएकोले यसलाई बिबाद गर्ने भन्दा पनि सहमति बाटै समस्या समाधानको उपाय खोजीने समितिका संयोजक गौतमले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here