झापाको शिवसताक्षिमा मानवअधिकार सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

0
580

जेठ २२/
झापाको शिवसताक्षि नगरपालीकामा आज मानवअधिकार सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल मानव अधिकार संगठन झापा र शिवसताक्षि वडा नम्बर ७ स्थित भगवती माध्यमिक बिद्यालयको संयुक्त आयोजनामा भएको कार्यक्रमका वक्ताहरुले मुलुकमा राजनितिक स्थिरता आईसके पनि मानव अधिकार पुर्ण रुपमा स्थपित भयी नसकेको बताएका छन् । अझै पनि बलात्कार जस्ता घटनामा कमि आउनुको साटो दिन दिनै बढिरहेकोले मानव अधिकारको अवस्था कमजोर देखिएको वताएका हुन् ।
शिवसताक्षि नगरपालीका उप प्रमुख भोजकुमारी नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल मानव अधिकार संगठनका झापा जिल्ला अध्यक्ष डिल्ली भट्टराई र राष्ट्रिय मानव अधिकार संगठन प्रदेश नम्बर १ अधिक्रित गिता दाहालले कार्यपत्र प्रस्तुत गर्दै मुलुकको मानवअधिकारको अवस्था सुधार हुनु पर्ने धारणा राख्नु भयो ।
भगवती माध्यमिक बिद्यालयका अध्यक्ष बुद्धिराज लक्समको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको नेपाल मानव अकिार संगठन झापा जिल्ला सदस्य राजकुमार भट्टराईले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here