झापाको शिवसताक्षिमा आज बिहान भएको सवारी दुर्घटनामा नेकपा जिल्ला नेता राधाकृष्ण खनालकी छोरीको मृत्यु

0
479

जेठ २०/
झापाको शिवसताक्षिमा आज स्कुटर र मोटरसाईकल एकआपसमा ठोक्कीएर भएको दुर्घटनामा एक किशोरीको ज्यान गएको छ । आज बिहान १० बजे तिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसतासी १ स्थित धरमपुर सडकखण्डमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको मे १० प. ८१४० को मोटरसाईकल र पश्चिमबाट दक्षिणतर्फ मोडिदैं गरेको मे.७ प.१६८७ नम्बर स्कुटर एकापसमा ठोक्कींदा स्कटुर चालक शिवसतासी १ की १८ वर्षिया रञ्जना खनालको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा गम्भिर घाईते नेकपा झापा क्षेत्र नम्बर ४ का इन्चार्ज राधाकृष्ण खनालकी छोरी रञ्जनाको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारको लागी पु¥याउनासाथ ज्यान गएको प्रहरीले जनाएको छ ।
ठक्करबाट मोटरसाईकलका चालक विर्तामोड ९ का १७ वर्षिय मौषम पाण्डे समेत घाईते भएको झिलझिले ट्राफिक प्रहरी पोष्टले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here