मुलुकको पूर्वी तराई भागमा मेघगर्जन र हावाहुरीसहित वर्षा अझै कायम रहने

0
539

जेठ १९/
मुलुकको पूर्वी तराई भागमा आज बिहानै देखी सुरु भएको मेघगर्जन र हावाहुरीसहित वर्षा अझै कायम रहने देखिएको छ । बङ्गालको खाडीबाट नेपालको पूर्वी क्षेत्र हँुदै प्रवेश गरेको जलवाष्पयुक्त हावाका कारण केही दिनदेखि साँझपख वर्षा हुँदै आएको र त्यो केही दिन अझै कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तीन/चार दिनसम्म अझै प्रायः अपराह्नपछि मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको मौसमविद मिनकुमार अर्यालले जानकारी दिनुभयो । उहाँले दिउँसो घाम लागे पनि साँझपख मौसममा बदली भई पुर्वका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना रहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here