पाँचथरको हिलिहाङ गाउँपालीकामा घाँटी रेटेर १५ बर्षीय बालिकाको निर्ममतापुर्वक हत्या गर्ने मुख्य अभियुक्त दमकबाट पक्राउ

0
552

जेठ १९/
पाँचथरको हिलिहाङ गाउँपालीकामा घाँटी रेटेर १५ बर्षीय बालिकाको निर्ममतापुर्वक हत्या गर्ने मुख्य अभियुक्तलाई प्रहरीले दमकबाट पक्राउ गरेको छ । घटना पछि फरार रहेका पदम तामाङलाई प्रहरीले दमकबाट आज पक्राउ गरेको हो ।
गएको बैशाख २९ गते हिलिहाङ गाँउपालिका ४ स्थित कात्तिकेमा १५ बर्षीया शितल योङहाङको घाँटी रेटेर हत्या गरिएको थियो । सोही हत्याका मुख्य आरोपी तामाङलाई प्रहरीको बिशेष टोलीले दमकको एक होटलबाट पक्राउ गरेको हो । उनलाई तीन सातापछि पक्राउ गर्न प्रहरी सफल भएको हो ।
घटनालाई प्रहरीले गम्भीरतापुर्वक लिदै अभियुक्तलाई पक्राउ गर्न विभिन्न ठाँउबाट २१ जनाको प्रहरी खटिएको पाँचथरका डिएसपि नरेन्द्र कुवँरले जानकारी दिनुभयो । उक्त घटनामा संलग्न फाल्गुनन्द २ का भगिरथ बास्तोला भोलीपल्ट नै समातिएका थिए भने मुख्य योजनाकार तामाङ फरार हुदा प्रहरीलाई निक्कै सकस भएको यिो । पक्राउ परेका बास्तोलाले यसअघि नै आफूले समातेको र पदमले घाँटी रेटेको वयान दिइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here