सुनसरीको धरानमा देखा परेको डेंगुको संक्रमण अझै नियन्त्रणमा आउन सकेन , बिपि प्रतिष्ठानमा विरामीहरुलाई राखेर उपचार गराउने बेडको अभाव

0
434

जेठ १९/
सुनसरीको धरानमा देखा परेको डेंगुको संक्रमण अझै नियन्त्रणमा आउनुको सट्टा बढ्दै गएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मात्र डेंगुका विरामी ७७ जना पुगेको छ भने विजयपुर हस्पिटलमा उपचार गराउने थप १३ जना विरामी छन् । डेंगु काबुबाहिर भएपछि वीपी प्रतिष्ठान र धरान उपमहानगरपालिकाको संयुक्त टोली ¥यापिड रेस्पोन्स टिमको बैठक बसेको छ । यो टोलीले डेंगु नियन्त्रणको लागि थप योजना तय गर्ने धरान उपमहानगरका स्वास्थ्य शाखा प्रमुख रामबाबु यादवले बताउनु भयो ।
डेंगुको प्रकोप बढेपछि प्रतिष्ठानमा विरामीहरुलाई राखेर उपचार गराउने बेडको पनि अभाव भएको जनाएको छ । प्रतिष्ठानमा मेडिसिन वार्डमा विरामी राखेर उपचार गर्न बेड अभाव छ । तत्काललाई इर्मजेन्सीमा नै राखेर डेंगुका विरामीलाई पनि उपचार गर्नुपरिरहेको रेस्पोन्स टिमका सदस्य एवं प्रतिष्ठानका सामान्य प्रशासन महाशाखाका वरिष्ठ सहायक महेश्वर राईले बताउनु भयो । जनप्रतिनिधिहरुले अलिक गम्भीर भएर लाग्नुुपर्ने बेला भएको भन्दै उहाँले वडा वडामा टिम बनाएर घर घरमा पुगेर मच्छडको अण्डा र लार्भा नष्ट गर्नु पर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here