साहित्यकार डाक्टर अञ्जना वस्ती भट्टराईको पुस्तक जीवनका घुम्ती र देउरालीहरुको आज दमकमा लोकार्पण

0
823

जेठ १८/
साहित्यकार डाक्टर अञ्जना वस्ती भट्टराईको पुस्तक जीवनका घुम्ती र देउरालीहरुको आज दमकमा लोकार्पण गरिएको छ । साहित्य एकेडेमी पुरस्कारले सम्मानित भारत दार्जिलिङका स्रष्टाद्वय डाक्टर वीणा हङ्गखिम र मणिका मुखियाले संयुक्त रुपमा डाक्टर अञ्जनाले लेख्नु भएको पुस्तकको लोकार्पण गर्नु भएको हो ।
त्रिभुवन विश्वविद्यालय अंग्रेजी शिक्षाकी प्राध्यापक समेत रहनु भएकी डाक्टर अञ्जनाले नेपाली साहित्यमा लेख्नु भएको पहिलो पुस्तक जीवनका घुम्ती र देउरालीहरुको आज दमक १ स्थित आप्mनै घरमा बिभिन्न साहित्यकारहरुको उपस्थितिमा लोकार्पण गरिएको हो ।
पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै साहित्यकार डाक्टर तुलसी भट्टराईले कुनै समयमा नेपाली साहित्यमा लाग्ने भनेको नेपाली विषयकका शिक्षकले मात्रै हो भन्ने मान्यता रहे पनि हाल त्यो मान्यता परिवर्तन भएको बताउनु भयो । अंग्रेजी साहित्यका बिद्यार्थिहरुले पनि नेपाली भाषामा राम्रो श्रीजना गर्न सक्ने बताउँदै अंग्रेजी साहित्यमा रहनु भएकी डाक्टर अञ्जनाको लेखन बाट नेपाली साहित्यले पृथक खालका श्रीजना पाउने विश्वास व्यक्त गर्नु भयो ।
प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईले सञ्चालन गर्नु भएको कार्यक्रममा पुस्तकको समिक्षा गर्दै डाक्टर अच्युत कट्टेलले सरल भाषामा लेखिएको पुस्तकमा कमजोरी देखाउन सक्ने ठाउँनै नभएको बताउनु भयो । कार्यक्रममा साहित्यकारहरु विवस बलिभद्र कोईराला, मल्लिका खतिवडा, बिना अधिकारी लगायतले आ–आप्mनो श्रीजना वाचन गर्नु भएको थियो भने लोक गायक लक्ष्मि खनालले गित गाउनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here