विश्व दुध दिवसको अवसरमा दमकका बिभिन्न अस्पतालमा उपचाररत बिरामीहरुलाई २ सय लिटर दुध निशुल्क बितरण

0
828

जेठ १८/
विश्व दुध दिवसको अवसर पारेर आज दमक नगरपालीकाले दमकका बिभिन्न अस्पतालमा उपचाररत बिरामीहरुलाई २ सय लिटर दुध निशुल्क बितरण गरेको छ । दमकको सरकारी दमक अस्पतालका साथै आम्दा र लाईफलाईन अस्पतालमा उपचाररत २ सय जति बिरामीलाई १÷१ लिटरका दरले निशुल्क दुध बितरण गरिएको दमक नगरपालीकाको पशुसेवा शाखा प्रमुख गणेश कुमार प्रधानले जानकारी दिनुभयो ।
तिनै वटा अस्पतालमा उपचाररत बिरामीहरुलाई दुध वितरण पछि दुध सेवन सम्बन्धि जनचेतना जगाउन औपचारी कार्यक्रम समेत सम्पन्न गरिएको छ । नगरपालीकाको आर्थिक बिकाश समिति सम्योजक वडा नम्बर ५ का वडाध्यक्ष ईन्द्रबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्षहरु प्रजापती सापकोटा, टेकबहादुर थापा, पशुपतीराज गौतम, तारा अधिकारी साथै हम्सेदुम्से दुग्ध उत्पादक सहकारी संस्था दमकका अध्यक्ष पुष्प ढकाल र बाह्रघरे कृषि सहकारी संस्थाका अध्यक्ष सोमनाथ बरालले दुध सेवनको महत्वका बिषयमा बोल्नु भएको थियो । वक्ताहरुले स्वस्थ रहनका लागी दैनिक दुध सेवन गर्नु पर्ने धारणा राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here