भारतबाट आएका कार्बाइड प्रयोग गरेर पकाइएको आँप बजारमा छ्याप्छ्याप्ती , अहिलेको आँप नखान चिकित्सकको सुझाव

0
770

सप्तरङ्गी एफ.एम. दमक जेठ १६
बजारमा अहिले भारतको विभिन्न स्थानबाट आएका स्वास्थ्यको दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ ।
स्थानीय किसानको बगैँचामा फलेको आँप असारको दोस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीले कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गरिरहेका छन् ।
भारतको विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्बाइड प्रयोग गरी पकाएका आँपहरु नेपाली बजारमा बिक्री भइरहेको जानकारहरुले बताएका छन् ।
यसरी विभिन्न विषादी प्रयोग गरेर पकाइएको आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकाले खान नहुने स्वास्थ्यकर्मीले बताएका छन् । विषादी हालेर पकाइको आँप खाँदा स्वास्थ्यमा जोखिम हुने लाईफलाईन अस्पताल दमकका मेडिकल डाईरेक्टर डाक्टर मुक्तिनाथ भट्टराईले बताउनु भयो । आँपमा विषादी हालेर पकाइएकाले स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले त्यस्तो आँप नखान उहाँको सुझाव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here