जनप्रनिधिहरुले वडाको विकास निर्माणमा एकलौटी गरेको भन्दै दमक ८ मा कांग्रेससहित ८ दलले ज्ञापन पत्र बुझाए

0
1006

जेठ १४/
जनप्रनिधिहरुले वडाको विकास निर्माणमा एकलौटी गरेको भन्दै दमक वडा नम्बर ८ को वडा कार्यालयमा नेपाली कांग्रेससहित दलहरुले ज्ञापन पत्र बुझाएका छन् । आज कांग्रेससहितका आधा दर्जन दलहरुले वडा कार्यालयले सञ्चालन गरिरहेका गतिविधिहरुप्रति असन्तुष्टि जनाउदै वडा कार्यालयको ध्यानाकर्षण गराएका हुन् ।
वडा कार्यालयमा पुगेर आन्दोलित दलहरुले खेद प्रस्तावसहित विभिन्न विकास निर्माणका योजनाहरु समेटिएका १४ वुदे माग पत्र वडाध्यक्ष पशुपतिराज गौतमलाई वुझाइएको कांग्रेस नगर समितिद्धारा गठित कांग्रेस विकास निर्माण समितिका संयोजक भिष्मराज अधिकारीले जानकारी दिनुभयो ।
वुझाईएको सुझाव पत्रमा योजनाहरु एकपक्षीय सञ्चालन गरिनुका साथै अमुक समिति वनाएर योजना गरिखान दिने प्रवृतिले भ्रष्टाचारको आशंका भएको उल्लेख छ । वडा कार्यालयले विकास निर्माणमा दलीय सहयोगको महषुस नरेको पनि दलहरुले आरोप लगाएका छन् ।
दलीय प्रतिनिधिमण्डलमा नेकपाबाहेक कांग्रेसकी वडा सचिव सरस्वती कार्की, राप्रपाका वडाध्यक्ष कुलवहादुर कटुवाल, समाजवादी पार्टीका वासदेव राई, राष्ट्रिय जनमुक्ति पार्टीका पदम जवेगु, नेकपा क्रान्तिकारीका गजेन्द्र निरौला, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका वडा अध्यक्ष जितेन हाङसोराङ लगायतको पार्टी कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
खेदप्रस्तावसहित सामूहिक विकास निर्माण सम्बन्धी दलीय सुझाव पत्र वुभ्mदै वडाध्यक्ष गौतमले दलहरुले सामूहिक रुपमा उठाएका मागहरु प्रति वडा कार्यालय गंभीर हुने आश्वासन दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here