फेसबुक पेज बुहारी समुह द्वारा गौरादहका बिद्यार्थिलाई सहयोग

0
1120

जेठ १२/
सामाजिक सेवामा सक्रिय फेसबुक पेज बुहारी समुहका सदस्यहरुले झापाको गौरादहमा रहेको एक सामुदायीक बिद्यालयका बिद्यार्थिहरुलाई शैक्षिक सामाग्रि बितरण गरेका छन् । बुहारी समुह स्थापनाको दोस्रो बर्षको अवसर पारेर गौरादह नगरापालीका वडा नम्बर १ मा रहेको मोती माध्यमिक बिद्यालका बिपन्न समुदायका १५ जना बिद्यार्थिहरुलाई ब्याग, कपि, पेन्सिल, डटपेन लगायतका २२ हजार रुपैयाँ मुल्य बराबरका शैक्षिक सामाग्रिहरु बितरण गरेको बुहारी समुहकी मोडिएटर तुलसा आचार्य गौतमले जानकारी दिनुभयो ।
आज समुह स्थापनाको अवसर पारेर देशै भरी बिभिन्न ठाउँमा कार्यक्रम गरिएको मोटिएटर आचार्यले बताउनु भयो । समाजिक सञ्जाल फेसबुकलाई सदुपयोग गर्दै बिवाहिता महिलाहरु मात्रै सदस्य रहने गरी बुहारी समुहको स्थापना भएको र यसको माध्यम बाट बिभिन्न ठाउँमा सहयोग पु¥याउँदै आएको उहाँले बताउनु भयो ।
समुहकी सदस्य एलिसा ओलीले कार्यक्रमको औचित्य माथि प्रकाश पारेको कार्यक्रममा बुहारी समुहका एडमिनहरु प्रभा आचार्य, मनिसा थापा र बिमला पण्डेको पनि उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here