जेठ ९/
दमक पब्लिक लाइब्रेरीले चलचित्र निर्माण सम्बन्धि तालिम सञ्चालन गर्ने भएको छ । विकल्प एन अल्टरनेटिभ संगको संयुक्त आयोजनामा लाईब्रेरीले चलचित्र निर्माण सम्बन्धि तालिम सञ्चालन गर्न लागेको लाईब्रेरीका अध्यक्ष भेषरजा न्यौपानेले जानकारी दिनुभयो ।
तिन चरणमा दमकमानै सञ्चालन हुने तालिमको पहिलो चरणमा सहभागीहरुलाई आवासीय रुपमा पाँच दिन सम्म चलचित्र निर्माण सम्बन्धि तालिम दिईने लाईब्रेरीका अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । दोश्रो चरणमा सहभागीहरुलाइ चार समुहमा विभाजित गरि छोटो समयको सिनेमा निर्माण गर्नको निम्ति फिल्डमा पठाइने छ भने, अन्तिमा सहभागीहरुले तयार गरेको सिनेमालाइ दर्शक माझ प्रस्तुत गरिने छ ।
एट्लस नेटवर्कको सहयोग तथा समृद्धि फाउन्डेसन र एकाउन्टिबिलिटि ल्याबको सहकार्यमा आगामी जेठ २१ गते देखी सुरु हुने तालिममा सहभागीताको लागी ईच्छुक व्यक्तिले आगामी १५ गते सम्ममा आवेदन फारम भरिसक्नु पर्ने पनि उहाँले बताउनु भयो । आवेदन फारम भरेका मध्ये बाट २६ जनालाई छनौट गरी तालिममा सहभागी गराईने छ । छनौट भएका सहभागीले दर्ता शुल्क बापद २ हजार रुपैयाँ बुझाउनु पर्ने छ ।
१८ बर्ष देखि ३५ बर्ष सम्मका युवाहरुले तालिममा सहभागिता जनाउन सक्नेछन् । तालिममा सहभागीहरुलाई फोटोग्राफी, सिनेमेटोग्राफी, स्क्रिप्ट लेखन, एक्टिंग, लाइट, साउण्ड, आर्ट डिरेक्सन, एडिटिंग, डाइरेक्टरको भूमिका आदिको बिषयमा प्रशिक्षण दिइने पनि लाइब्रेरीका अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।