झापाको अर्जुनधारामा ट्याक्टरले किचेर १ जनाको मृत्यु , धनकुटामा पौडि खेल्ने क्रममा दुई बालकको ज्यान गयो

0
555

जेठ ७/
झापाको अर्जुनधारा नगरपालिका १ मदनपुरमा आज ट्याक्टरले किचेर १ जनाको मृत्यु भएको छ । भित्री सडक खण्डमा आज मध्यान्ह पौने १२ बजेको समयमा साधुटारबाट मदनपुर तर्फ ढुंगा बोकेर जाँदै गरेको मे १ त ५००६ नम्बरको ट्याक्टरमा सवार १९ बर्षिय अर्जुन प्याकुरेललाई ट्याक्टरबाट ओर्लने क्रममा ट्याक्टरको चक्काले किचेर घटनास्थलमा नै मृत्यु भएको हो । ट्याक्टर र चालक अर्जुनधारा नगरपालिका १ साधुटारका २१ बर्षिय सन्दिप कंडेललाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।
उता धनकुटाको महालक्ष्मी नगरपालिकामा पौडी खेल्ने क्रममा खोलाले बगाएर हिँजो साँझ २ बालकको मृत्यु भएको छ ।
महालक्ष्मी नगरपालिका वडा नं.२ र ३ को सिमनामा पर्ने लेगुवा खोलामा अपरान्ह साढे ४ बजे नुहाउने क्रममा खोलाले बगाएर महालक्ष्मी नगरपालिका वडा नं.२ का १२ बर्षिय गौरव लुङ्गेली मगर र वडा नं.३ का १४ बर्षिय अमिर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पौडी खेल्ने क्रममा दहमा डुवेका गौरलाई निकाल्न गएका अमिर पनि डुवेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र बहादुर गुरुङ्गले बताउनु भयो ।
गौरवको भने धनकुटा जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा मृत्यु भएको थियो । दहमा डुबेर हिँजो साँझ वेपत्ता भएको अमिरको शव भने आज बिहान खोला किनारमा भेटिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here