झापाको कमल गाउँपालीका वडा नम्बर ३ केर्खामा खुल्यो जैविक तथा प्राङ्गारिक मल वीउको विक्री केन्द्र

0
768

जेठ ११/
झापाको कमल गाउँपालीका वडा नम्बर ३ केर्खामा आज आयोजित एक कार्यक्रमका सहभागीहरुले पछिल्लो समय कृषि उत्पादनमा विषादी र रसायनिक मलको प्रयोग बढेको भन्दैं चिन्ता व्यक्त गरेका छन् । सहभागीहरुले समयमै यसको नियन्त्रणमा नलागे माटोको उत्पादन शक्ति दिन प्रतिदिन ह्रास हुँदै जाने तथा मानव स्वास्थ्यमा नकरात्मक असर पार्ने धारणा राखेका हुन् ।
केर्खामा जैविक तथा प्राङ्गारिक मल वीउको विक्री केन्द्रको उद्घाटनका सहभागीहरुले यस्तो धारणा राखेका हुन् । स्थानीय नौलो विहानी कृषि सहकारी संस्थाले सञ्चालनमा ल्याएको केन्द्रमा उचित जैविक उद्योग प्रा. लि. पथरी मोरङबाट उत्पादित मल, वीउ, पशु आहारलगायत सामाग्री विक्री वितरण गरिने छ ।
विक्रि केन्द्रको उद्घाटन गदैं कार्यक्रममा प्रमुख अतिथि कमल गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष नरप्रसाद दंगालले कृषि उत्पादनमा विषादीको प्रयोग घटाउनु पर्नेमा जोड दिनुभयो । भान्सानै पहिलो अस्पताल भएको भन्दै उहाँले तरकारी लगायत सवै चिजमा शुद्धता हुनुपर्ने बताउनु भयो । कार्यक्रममा कमल उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ भण्डारी कृषि उत्पादनलाई स्वस्थकर बनाउन जैविक र प्राङ्गरिक मल प्रयोग गरी विषादीको प्रयोग न्यूनिकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here