पब्लिक क्याम्पस प्राध्यापक संघ दमक क्याम्पस इकाइ समितिमा कांग्रेस नेतृत्वको प्रजातन्त्रबादी प्राध्यापक बिजयी

0
2101

जेठ ७/
पब्लिक क्याम्पस प्राध्यापक संघ, दमक क्याम्पस इकाइ समितिमा नेपाली कांग्रेस निकट प्रजातन्त्रबादी प्राध्यापक संघसहित राप्रपाको प्राज्ञिक परिषद विजयी भएको छ ।
दुवै प्राध्यापक संगठनहरुको प्यानलले संघमा बहुमतले बिजयी भएका हुन् । नौ जना कार्यसमितिका लागि आज भएको निर्वाचनमा संयुक्त प्यानलले ५ सदस्य जितेको छ भने चार सदस्य नेकपा निकट प्रगतिशीलले जितेको छ ।
निर्वाचनको मतपरिणाम अनुसार संघको सदस्यहरुमा यजराज गिरि, बासुदेब काफ्ले, प्रेम प्रसाद सङग्रौला, डम्बर कुमारी अधिकारी, जयकृष्ण राई, तिलचन्द्र अधिकारी, एम प्रसाद भट्टराई ,घनश्याम दहाल र प्रमिला प्रसाईं निर्वाचित हुनु भएको छ । निर्वाचनमा पब्लिक क्याम्पस प्राध्यापक संघका पूर्व केन्द्रीय सदस्य ढक बहादुर थापा पराजित हुनु भएको हो ।
निर्वाचित सदस्यहरुको आगामी वैठकले अध्यक्षसहिततका पदीय जिम्मेवारी वाँडफाँड गरिने दमक बहुमुखी क्याम्पस प्रजातन्त्रीक प्राध्यापक संघका अध्यक्ष डाक्टर नेत्रबहादुर वुढाथोकीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here