झापाका विभिन्न स्थानमा हदबन्दी छुटको जग्गा कानुनविपरीत धमाधम बिक्री भइरहेको खुलासा

0
501

जेठ ६/
झापाका विभिन्न स्थानमा हदबन्दी छुटको जग्गा कानुनविपरीत धमाधम बिक्री भइरहेको खुलासा भएको छ ।
झापामा चिया खेतीका लागि हदबन्दी छुट भएको हजारांै बिगाहा जमिन प्रचलित ऐन, नियम र कानुनविपरीत सञ्चालकले आफूखुसी प्रयोग र अपचलन गर्दै आएको पाइएको हो । झापा बिर्तामोडको न्यू गिरी एन्ड सन्स टी स्टेट प्रालिले १३ वर्षअघि हरियो चियाका बोट फाँडेर पाँच बिघा जमिनमा प्लटिङ गरी नियमविपरीत जग्गा बिक्री गरेको खुलासा भएको हो ।
झापा गाउँपालिका क्वाडीको श्यामसुन्दर टी स्टेटले पनि हदबन्दीको १ सय ८० बिघामध्ये ४० बिघामा मात्र चिया राखेर सबै जग्गामा अन्य खाद्यान्न बाली लगाइरहेको छ । प्रचलित ऐनविपरीत सो कम्पनीले ती जग्गामा खाद्यान्न बाली लगाउँदै आएको छ । यस्तै, झापा गौरीगन्ज गाउँपालिकास्थित लोकनाथ एन्ड सन्स टी स्टेटले पनि चार सय बिघा जमिन बंैकमा धितो राखेर ऋण लिएको पाइएको छ । समयभित्र उक्त ऋण भुक्तानी गर्न नसक्दा हदबन्दीको जग्गा भएकै कारण बैंकले लिलामी प्रक्रिया अघि बढाउन सकेको छैन ।
हदबन्दी छुटको जग्गामा प्लटिङ गर्न पाए अर्बौं रुपैयाँ कमाउने दाउमा झापाका राजनीतिक दल र नेतामार्फत दलाल सक्रिय रहेको पाइएको छ ।
झापामा तत्कालीन राजाको स्वामित्वमा रहेका दमकको हिमालय टी गर्डेनको ५० बिघा बढी, सतिघट्टा टी स्टेटको ११ बिघा बढी र राज टी स्टेटको ७ बिघा जग्गा कागजपुर्जाबिनै किनबेच भइरहेको समेत भूमि सुधार कार्यालय स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here