लखनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिमार्फत वितरण हुदै आएको खानेपानीमा धाराबाट धमिलो लेदो आउन थाल्यो

0
710

जेठ ६/
झापाको कमल गाँउपालिका ५ स्थित लखनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिमार्फत वितरण हुदै आएको खानेपानीमा धमिलो लेदो भएको पाईएको छ ।
धारामा आउने त्यस्तो फोहोर पानीका कारण समस्या भएको उपभोक्ताहरुले गुनासो गरेका छन् । लेदो जस्तो फोहोर दखिने पानी धारामा आउँदा कमल ५ र ६ का दर्जनौ उपभोक्ताहरुले पानीको समस्या भोग्दैआएका छन् ।
कमल ५ मंगलवारेका डम्बरकुमार राईले केहिदिन यता धारामा धमिलो लेदो जस्तो पानी आएको बताउनु भयो । आफ्नो मात्रै नभएर छरछिमेकीका धारामा समेत त्यस्तै पानी आएको उहाँको भनाई छ । शिक्षक समेत रहेका राईले तीनचार दिन यता पानी शुद्धताका बारेमा गुनासो गरिएपनि सुनुवाई नभएको बताउनु भयो ।
यता कमल ६ कै झारवारी टोलका पारसमणि राईले पनि धाराबाट वितरण हुदैआएको पानी केहिदिन यता शुद्ध नभएको गुनासो गर्नु भयो । पिउनै नहुने लेदो जस्तो फोहर पानी धारामा आउने उहाँले बताउनु भयो । मर्मत लगायतका प्राविधिक कारणले यस्तो भएको होला भनेर एक, दुई दिन पर्खिए पनि अहिले पनि यस्तै पानी आईरहेको उहाँले गुनासो गर्नु भयो ।
यसैवीच, खानेपानी समितिका अध्यक्ष उषा भण्डारीले लेदो पानी वितरण हुदैआएको वारे थाहा नभएको वताउनु भयो । फोहोर पानी देखिए, समितिका प्राविधिक टोली पठाएर सुधार गरिने उहाँले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here