जेठ ५/
पछिल्लो समय खाद्य पदार्थमा अखाद्य बस्तुको मिसावटहुने क्रम बढेको भन्दै उपभोक्ता सचेत बन्नु पर्ने आज दमकमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । दाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाले आयोजना गरेको उपभोक्ता भेला तथा अन्तक्र्रिया कार्यक्रमका वक्ताहरुले बजारमा पाईने हरेक कुरामा अखाद्य बस्तुको मिशावट बढेको बताएका हुन् । कार्यक्रममा बोल्दै दमक वडा नम्बर ६ का वडाध्यक्ष टेकबहादुर थापाले दमक नगरपालीकाले बिभिन्न नियम र कानुनहरु बनाईरहेकाले उपभोक्ताहरुको पक्षमा पनि कानुन निर्माण गर्ने बताउनु भयो । उहाँले बजारको प्रभावकारी अनुगमन गरी अखाद्यय बस्तुको मिशावटलाई नियन्त्रण गरिने बताउनु भयो । कार्यक्रममा महिला नेतृ निर्मला पाठक, उपभोक्ता हित संरक्षण मञ्च दमकका अध्यक्ष डाक्टर नविन चापागाईं, सप्तरङ्गी एफ.एम.का प्रबन्ध निर्देशक गिरिराज भट्टराई लगायतले बोल्दै बिषेश गरी ठेलामा खाद्य पदार्थ बिक्रि गर्ने र होटलको सरसफाई कमि हुने कुरामा नियामक निकायले ध्यान दिनु पर्ने औंल्याउनु भयो । साग सब्जीमा बिषदीको प्रयोगले उपभोक्ताहरु दैनिक अखाद्य बस्तु खान बाध्य रहेको पनि उहाँहरुले बताउनु भयो ।
सहभागीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभाग प्रदेश नम्बर १ का क्षेत्रीय निर्देशक प्रमोद कोईराला र डिभिजन कार्यालय झापाका प्रमुख भरत बहादुर पुरीले जनशक्तिको अभावमा पनि आफुहरुले काम गरिरहेकोले केहि समस्या आएको बताउँदै आगामी दिनमा स्थानिय सरकारहरु संग समन्वय गरी उपभोक्ता हितको कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।