झापाको कमल गाउँपालिकाले कृषकहरुलाई बंगुरका पाठा बितरण ग¥यो

0
786

जेठ ५/
झापाको कमल गाउँपालिकाका कृषकहरुलाई बंगुरका पाठा बितरण गरिएको छ । गाउँपालीकाको आर्थिक सहयोग तथा व्यवसायिक बंगुरपालन कृषि समितिको व्यवस्थापनमा आज ४० जना कृषकलाई वंगुरका पाठा वितरण गरिएको हो ।
गाउँपालीकाका वडा नम्बर ४ का कृषकहरुलाई बंगुर हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले वडा नम्वर ४ लाई बंगुरको पकेट क्षेत्र बनाउने उद्येश्यका साथ उच्च नश्लको पाठा वितरण गरिएको बताउनु भयो ।
उहाँले गाउँपालिकाको सबै क्षेत्रमा आधारभुत सडक र विजुलि जस्ता विकास निर्माण पुगिसकेको ले अवको लक्ष कृषको जिवन उकास्ने खालका कार्यक्रम सन्चालन गर्ने रहेको बताउनु भयो । राम्रो सगं मेहनत गरेर आम्दानि बढाउन व्यासायिलाई अनुरोध गर्दै उहाँले आगामि दिनमा कृषकका ओठमा हाँसो ल्याउनका लागी गाउँपालिकाले सहयोग गर्ने समेत बताउनु भयो ।
गाउँपालिकामा रहेका व्यवसायिक वंगुर फर्मलाई नश्ल सुधार गरि आम्दानि वृद्धिगर्ने उद्देश्यले उच्चकोटिको सिमेन (विर्य) प्रयोगगरी जन्मिएका बंगुरका पाठा वितरण गरिएको कमल गाउँपालिका पशुसेवा शाखाका प्रमुख बद्रि भट्टराईले जानकारी दिनुभयो ।
कार्यक्रमका ४० जना कृषक लाई ड्युरोक, हेमसायर, ल्याण्ड्रेस जातका बैगुरका पाठा वितरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here