धनकुटामा बहिनी जिस्काएको निहुँमा एक युवकद्वारा आफ्नै साथीको हत्या

0
825

जेठ ५/
धनकुटाको महालक्ष्मी नगरपालिकामा एक युवकले बहिनी जिस्काएको निहुँमा आफ्नै साथीको हत्या गरेका छन् ।
महालक्ष्मी नगरपालिका–२ का २५ वर्षीय घनेन्द्र लिम्बुले आफ्नै साथी २२ वर्षीय सन्तोष लिम्बुको हत्या गरेका हुन् । घनेन्द्रले धारिलो हतियार प्रयोग गरी सन्तोषको हत्या गरेका प्रहरीले जनाएको छ ।
सन्तोष र घनेन्द्र वैशाखे पूर्णिमाको अवसरमा साकेला थानी मन्दिरमा लाग्ने उभौली मेलामा सँगै खानपिन गरि हिँजो रातभर नाँचगान गरेका थिए । आज बिहान साढे ४ बजे तिर आफ्नो बहिनीलाई आँखा लगाएको आरोपमा घनेन्द्रले सन्तोषलाई छुरा प्रहार गरेका थिए । सन्तोषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
छुरा प्रहार गर्ने घनेन्द्रलाई प्रहरीले पक्राउ गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here