२५ सय ६३ औं बुद्धजयन्तीको अवसरमा दमकमा शान्तिको कामना सहित दमक नगर परिक्रमा

0
724

जेठ ४/
झापाको विभिन्न स्थानमा आज २५ सय ६३ औं बुद्धजयन्ती मनाईएको छ । गुम्बा तथा सार्वजनिक स्थलमा भेला भएर बौद्धमार्गीहरुले भगवान बुद्धको पूजा गरेर विश्वमा शान्तिको कामना गरेका छन् । बौद्धधर्मावलम्भीहरुको महानग्रन्थ त्रिपीटक बोकेर आज दमकमा लामागुरुले शान्तिको ध्वनी र मन्त्रोच्चारण गरी बजार क्षेत्र परिक्रमा गरेका छन् । साङ्गे छयोइलिङ बौद्ध गुम्बाको आयोजनामा पूर्वी नेपालका विभिन्न जिल्लाबाट आएका लामा गुरुहरुले शान्तिको मन्त्रोच्चारण गर्दै सवै प्राणी जगतको शान्तिको कामना गरिएको नेपाल तामाङ घेदुङ दमक नगर समितिका अध्यक्ष नरविर गोम्देन तामाङले जानकारी दिनु भयो ।
दमक वडा नं. ५ मा रहेको बौद्ध गुम्बामा आयोजित कार्याक्रममा प्रदेश सभा सांसद अर्जुन राईले भगवान बुद्धको बाणी पालना गर्ने हो भने सवैलाई शान्ति मिल्ने बताउनु भयो । सांसद राईले बुद्धले देखाएको मार्ग सवैले पालना गर्नु पर्ने बताउनु भयो ।
यस्तै दमक वडा नं. ३ मा पनि नेपाल तामाङ घेदुङ्ग र तामाङ जाति विकास एकता समाजले सामुहिकरुपमा पूजापाठ गरी बुद्ध जयन्ती मनाएका छन् । दमक वडा नं. ३ का बौद्धमार्गीहरु हंसे दुम्से सामुदायिक बनक्षेत्रको खुल्ला भागमा भेला भएर पूजा पाठ गरी शान्तिका लागि भगवान बुद्धको नाममा दिप प्रज्वलन गरिएको तामाङ घेदुङ्ग संघ वडा नं. ३ का अध्यक्ष दिलबहादुर तामाङले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here