दमक नगरको शिक्षा सुधारको लागी नगर उपप्रमुख विशेष कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयहरुमा स्वय्सेवक शिक्षक खटाईयो

0
608

जेठ १/
नगर उपप्रमुख विशेष कार्यक्रम अन्तर्गत दमक नगरपालिकाले जेठ महिना देखि सामुदायिक विद्यालयहरुमा स्वय्सेवक शिक्षक खटाउने भएको छ ।
पहिलो चरणमा २२ जना शिक्षकलाई १५ विद्यालयमा खटाईने नगरपालिकाले जनाएको छ । सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सघाउ पु¥याउने र नयाँ पुस्तालाई शिक्षण पेशा प्रति मोह बृद्धि गराउन सहयोग पु¥याउने उद्देश्यले यो परियोजना शुरु हुन लागेको दमक नगर उप प्रमुख गिता अधिकारीले जानकारी दिनुभयो । शिक्षा स्वयम्सेवक परियोजना अन्तर्गत अंग्रेजी, विज्ञान र गणित विषयमा शिक्षणका लागि २ महिना स्वयम्सेवक शिक्षक परिचालन गर्न लागिएको हो । यस्ता शिक्षकहरुलाई बिद्यालयमा पढाएको दिन दैनिक २ सय रुपैयाँका दरले खाजा र यातायात खर्च दिईने नगर उप प्रमखु अधिकारीले जानकारी दिनुभयो ।
६ महिना सम्म स्वयंसेवक रुमा अध्यापन गराईसके पछि उनिहरुलाई नगरपालीकाले प्रमाणपत्र उपलब्ध गराउने नगरपालिका समाज कल्याण शाखाका प्रमुख डम्बर बरालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here