दमक नगरपालीकाको खेलकुद विकाश समितिको आयोजनामा दमकका बिद्यालय स्तरिय खेलकुद प्रतियोगिता हुँदै , बिभिन्न १५ ओटा विधामा हुने खेल ४ वटा केन्द्रमा सन्चालन हुने

0
648

जेठ १/
दमक नगरपालीकाको खेलकुद विकाश समितिको आयोजनामा हुन लागेको दमकका बिद्यालय स्तरिय खेलकुद प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । पर्सि जेठ ३ गते देखी सुरु हुने प्रतियोगिता ४ वटा केन्द्र बाट सञ्चालन हुने दमक नगर खेलकुद विकाश समितिका अध्यक्ष केन्द्र प्रसाईंले जानकारी दिनुभयो । १५ ओटा विभिन्न ईभेन्ट हुने महोत्सवका लागि बिभिन्न खेल केन्द्रहरु तोकिएको छ । जस अनुसार वडा नम्बर १ देखि ४ सम्मका लागि ढुकुरपानी मावि र हिमालय मावि, ५ देखि ७ सम्मलाई सुर्योदय बोर्डिङ्ग स्कुल, र बाँकी वडाका लागि सरस्वती मावि केन्द्र तोकिएको हो । महोत्सव अन्तर्गत ३ देखि ६ गते सम्म पहिलो चरणका खेल हुने र १३ देखि १५ गते जेठसम्म अन्तिम चरणका प्रतियोगिताहरु सञ्चालन हुने अध्यक्ष प्रसाईंले जानकारी दिनुभयो ।
दमक खेलकुद महोत्सव नाम दिईएको प्रतियोगितामा भलिवल, कबड्डी, चेस, टेवलटेनिस, व्याडमिण्टन, मार्शलआर्ट साथै एथलेटिक्स खेलहरु खेलाईने नगर खेलकुद विकाश समितिका सचिव डम्बर बरालले जानकारी दिनुभयो ।
प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । दमकका सामुदायीक र संस्थागत सबै बिद्यालयमा सहभागिताको पत्राचार गर्ने देखी बिभिन्न खेलका बिधागत उप–समिति गठन गरेर काम भैरहेको दमक खेलकुद विकाश समितिका सदस्य दिपक धिमालले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here