अहिले बिकाश निर्माणको नाउँमा भ्रष्टाचार मौलाएको भन्दै आफ्नो ठाउँमा भैरहेको बिकाश निर्माणको अनुगमन गरी भ्रष्टाचार बिरुद्ध खबरदारी गर्न कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाको कार्यकर्ताहरुलाई निर्देशन

0
695

जेठ १/
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अहिले भ्रष्टाचार बढेको भन्दै आप्mनो ठाउँमा भैरहेका बिकाश निर्माणका कार्यमा अनुगमन गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । आज बिहान दमकमा कार्यकर्ता भेटघाट गर्दै उहाँले वर्तमान सरकारले बिकाश निर्माणका काममा आप्mना आसेपासे र कार्यकर्ताहरु पोस्ने काम गरेकोले कांग्रेस कार्यकर्ताले त्यसको अनुगमन गरेर वास्तविकता बाहिर ल्याउनु पर्ने बताउनु भयो । दमकमा हुने भनिएका ठुला योजनाहरुको बिषयमा अनुगमन गरेर हुन सक्ने भ्रष्टाचार रोक्न कांग्रेस कार्यकर्ता लाग्नु पर्ने उहाँले बताउनु भयो ।
यस क्षेत्रमा हुने भनिएका बिकाश निर्माण योजनाका बिषयमा निरन्तर अनुगमन र खबर्दारी गर्न उहाँले कार्यकर्ताहरुलाई आग्रह गर्नु भयो । दमक क्षेत्रमा हुने भनिएका ठुला योजनाका बिषयमा कांग्रेस नगर सभापती रोशन विष्टले नेता सिटौलालाई जानकारी गराउनु भएको थियो । त्यस क्रममा दमकमा आउने भनिएका औद्योगिक पार्क, बुद्ध मुर्ति, भ्यु टावर लगायतका योजनाहरुमा स्थानिय नागरिकहरु र अन्य राजनैतिक दल संग कुनै परामर्श नगरेको नेता सिटौलालाई जानकारी गराउनु भयो ।
त्यसैगरी झापाकै कमल गाउँपालीकामा रहेको आदिवासी जनजाती रंगशाला तथा स्मृति पार्कका बिषयमा पनि पार्कका अध्यक्ष हुकुमसिंह राईले नेता सिटौलालाई जानकारी गराउनु भएको थियो ।
कार्यकर्ताको जिज्ञासाको जवाफ दिंदै नेता सिटौलाले जनताले कांग्रेसलाई पाँच बर्ष सम्म प्रतिपक्षिमा रहेर सरकारले गरेका गलत कामको निगरानी गर्ने जिम्मेवारी दिएकोले कुनै पनि बिकाश योजनामा चासो राखेर भ्रष्टाचार नियन्त्रणमा लाग्न आग्रह गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here