दमक अस्पतालमा पहिलो पटक प्रसुती सेवा लिएर सन्तान जन्माउने महिलालाई दमक नगर उप–प्रमुख गिता अधिकारीद्वारा ५ हजार रुपैयाँ प्रदान , दमक अस्पतालमा सुत्केरी गराउन आउँदा दमकका नागरिकलाई निशुल्क एम्बुलेन्स उपलब्ध गराउने

0
821

बैशाख ३१/
गत बैशाख २५ गते बाट प्रसुती सेवा दिन सुरु गरेको दमकको सरकारी अस्पताल दमक अस्पतालमा आज पहिलो पटक झापा कमल गाउँपालीकाकी एक महिलाको प्रसुती गराईएको छ । कमल गाउँपालीका वडा नम्बर ७ निवासी निर्मला घिमिरेले दमक अस्पतालमा आज छोरा जन्माउनु भएको हो । अस्पतालकी प्रसुती रोग बिषेसज्ञ डाक्टर सुरक्षा बाँस्कोटा नेतृत्वको टिमले बिना अप्रेसन ३ किलो ग्रामको बच्चा डेलिभरी गराएको हो । अहिले आमा र बच्चा दुवैको अवस्था एकदमै राम्रो रहेको अस्पतालका सुचना अधिकारी नगेन्द्र भट्टराईले जानकारी दिनुभयो ।
यसै विच अस्पतालको पहिलो सेवा बाट प्रसुति गराउने घिमिरेलाई दमक नगर उप प्रमुखा गिता अधिकारीले व्यक्तिगत तर्पm बाट बच्चाको हेरचाह गर्न र सुत्केरीको स्याहारको लागी ५ हजार रुपैयाँ उपलब्ध गराउनु भएको छ । सुत्केरी महिला घिमिरेलाई नगद उपलब्ध गराउँदै नगर उप प्रमुख अधिकारीले आगामी दिनमा दमक नगरपालीका भित्रका प्रसुती हरुलाई दमक अस्पतालमा सुत्केरी गराउन आउँदा नगरपालीकाले निशुल्क रुपमा एम्बुलेन्स सेवा उपलब्ध गराउने घोषणा गर्नु भएको छ । अबैलाई स्वास्थ्य संस्थामै आएर प्रसुति गराउन प्रोत्साहन गर्ने उद्देस्यले यस्तो योजना ल्याईएको नगर उप प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here